मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७५ पौष ६ शुक्रबार ०८:४४:००
Read Time : < 1 मिनेट
विश्व

बदनाम गर्न जासुसी आरोप : पुटिन

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ पौष ६ शुक्रबार ०८:४४:००

पश्चिमा मुलुकहरूले मस्कोमाथि जासुसी प्रकरणको मुद्दा उठाएर रुसलाई अन्तर्राष्ट्रिय स्तरमा बदनाम गर्न खोजिएको रुसले दाबी गरेको छ । ‘रुसलाई बदनाम गर्ने नियतले भएको जासुसी प्रकरण रुसमाथिको आक्रमणको अर्को नमुना हो,’ राष्ट्रपति भ्लादिमिर पुटिनले भने । 

पुटिनले गुप्तचरको ‘दोहोरो भूमिका खेलेका’ पूर्वगुप्तचर अधिकारी सर्जी स्क्रिपाल र उनकी छोरीलाई विष दिएको प्रकरणमा बेलायतले रुसलाई दोषी देखाएर रुसमाथि रणनीतिक आक्रमण गरेको गुनासो गरे । बेलायतले स्क्रिपाल र उनकी छोरीलाई विष दिने दुई शंकास्पद व्यक्ति रुसी सैनिक गुप्तचरका एजेन्ट भएको भन्दै रुससँगको कूटनीतिक सम्बन्ध तोडेको थियो ।

त्यसलगत्तै युरोपेली मुलुकहरू, बेलायत र अमेरिकाले रुसी कूटनीतिज्ञहरूलाई देशनिकाला गरेका थिए । पुटिनले भने, ‘स्क्रिपाल प्रकरण नभएको भए पनि रुसविरुद्ध अन्य षड्यन्त्र रचिन्थ्यो होला । रुसको विकासलाई पछि पार्ने षड्यन्त्र भइरहेको छ ।’ पुटिनले रुसी नागरिक मारिया बुटिनालाई अमेरिकामा गत हप्ता गैरकानुनी रूपमा पक्राउ गरी दोषी ठहर गरेको भन्दै अमेरिकाको आलोचना गरे ।