मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १२ आइतबार ०७:०९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

११औँ वार्षिकोत्सवमा सिभिल बैंकका विभिन्न सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १२ आइतबार ०७:०९:००

सिभिल बैंकले ११औँ वार्षिक उत्सवको अवसर पारेर विभिन्न सेवा सुरुवात गरेको छ । बैंकले प्रधान कार्यालयमा प्रायोरिटी बैंकिङ सेवाको उद्घाटन तथा कल सेन्टर सेवा र मिस्ड कल बैंकिङ ‘एक घन्टी झ्याप्प पेमेन्ट’ सेवा सुरुवात गरेको हो । 

बैंकका अध्यक्ष प्रतापजङ पाण्डेले प्रायोरिटी बैंकिङ तथा सञ्चालक प्रकाश तायलले कल सेन्टर र मिस्ड कल बैंकिङ सेवाको उद्घाटन गरेको जनाइएको छ । यसका साथै बैंकले मुख्य शाखासहित ३८ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ । यसका लागि ५९ शाखाको सहभागिता रहेको उल्लेख छ । 

त्यस्तै, देशका ५६ स्थानका ५६ वटै शाखाबाट सरकारी विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत गरिब तथा जेहनदार छात्रालाई छात्रवृत्तिस्वरूप पाँच हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।