Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ मङ्सिर ११ शनिबार १९:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पदाधिकारी र केन्द्रीय सदस्य बढाउन विधान संशोधन प्रस्ताव पारित

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ११ शनिबार १९:४३:००

चितवनको सौराहामा शनिबारबाट सुरु भएको नेकपा एमालेको दशौँ महाधिवेशनको बन्दसत्रले पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको संख्या बढाउन प्रस्तुत गरिएको विधान संशोधन प्रस्ताव पारित भएको छ । 

उपमहासचिव विष्णु पौडेलले १५ सदस्यीय पदाधिकारीको संख्या १९ र २ सय २५ सदस्यीय केन्द्रीय कमिटी सदस्यको संख्या ३ सय १ पुर्याउन गरेको प्रस्ताव सर्वसम्मत पारित भएको नेता हिक्मत कार्कीले जानकारी दिए । 


संशोधित विधानअनुसार ९९ सदस्यीय पोलिटब्युरो र ४५ सदस्यीय स्थायी समिति हुने छ । शुक्रबार मध्यरातमा बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकमा अध्यक्ष केपी ओलीले संख्या बढाउने प्रस्ताव गरेका थिए । केन्द्रीय कमिटीमा पनि ओलीको प्रस्ताव सर्वसम्मत पारित भएको थियो । 

महाधिवेशनबाट केन्द्रीय कमिटी र पदाधिकारी दुवैमा सर्वसम्मत गर्ने उद्देश्यले संख्या थपेर विधान संशोधन गरिएको एमालेले जनाएको छ ।