मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ मङ्सिर १० शुक्रबार १२:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाली कांग्रेस पर्वतको सभापतिमा जोशी विजयी

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १० शुक्रबार १२:३३:००

नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन्। उनले ५१ दशमलव ५ प्रतिशत मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन्। कुल खसेको एक हजार एक सय ८६ मतमध्ये जोशीले ६ सय नाै मत प्राप्त गरी विजयी हासिल गरे भने निकटतम् प्रतिद्वन्द्वी यामबहादुर मल्ल रामकृष्णले चार सय ४९ मत प्राप्त गरे। त्यस्तै, सभापतिका अर्का प्रतिस्पर्धी मिलन पौडेलले ९६ मत प्राप्त गरे। 

निर्वाचित कार्यसमितिमा जोशी समूहकै प्यानलबाट सहभागी उम्मेदवारहरू विजयी भएका छन्। जसअनुसार उपसभापतिमा डा. चूडामणि शर्मा,  शिव पौडेल, त्यसैगरी सचिवमा अशोक उच्चै ठकुरी र गुप्तनिधि शर्मा विजयी भएका छन्। सचिवका प्रत्याशी मोहन आचार्य अन्तिमसम्म बलियो रूपमा देखिए पनि अन्तिम परिणाममा उनी पराजित भएका हुन्। 

त्यस्तै, सहसचिवमा अच्युत तिवारीले अत्यधिक मत ल्याएर विजयी भएका छन्। उनले  ६ सय ५८ मत प्राप्त गरेका छन् भने अर्का विजेता उम्मेदवार तिलक भुसालले पाँच सय १९ मत ल्याएर विजयी भएका छन्। सहसचिवमा विजयी तिवारी भने मल्ल प्यानलबाट विजयी भएका हुन्।