मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ मङ्सिर १० शुक्रबार ०९:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनमा कांग्रेसको कार्यसमिति निर्वाचन स्थगित

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १० शुक्रबार ०९:०३:००

एमालेको दशाैँ राष्ट्रिय महाधिवेशनका कारण चितवन जिल्लाको कांग्रेस कार्यसमिति निर्वाचन स्थगित भएको छ । कांग्रेस जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोखरेलले विज्ञप्तिमार्फत उम्मेदवारी मनोनयन दर्तालगायतका निर्वाचन कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए । 

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवन जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचन कार्यक्रम १० गते सुरु भएर ११ गते मतदान हुने भनिए पनि कांग्रेसको जिल्ला कार्यसमितिको बैठकले एमालेको राष्ट्रिय महाधिवेशका कारण यातायात व्यवस्थापनमा कठिनाइ र आएका मतदातालाई आवासको समेत व्यवस्थापन गर्न अत्यन्त कठिन भएकाले प्रदेश अधिवेशन भएपछि गर्ने गरी सर्वसम्मत जिल्ला कार्यसमितिको बैठकले निर्णय गरेको छ ।’