Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ मङ्सिर ८ बुधबार १७:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन : दाङमा देउवा पक्ष दुई, पौडेल पक्ष एक क्षेत्रमा विजयी 

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ८ बुधबार १७:१९:००

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङमा ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये पाँचवटामा जित हात पारेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा भने एउटामा मात्रै विजयी भएको छ। तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये दुईवटामा देउवा पक्षले जित हात पार्न सफल भएको हो।  

दाङ क्षेत्र नं. १  र २  मा  भने देउवा पक्षका सभापतिले जित हात पारेका छन्। क्षेत्र नं. १ मा भेषराज पाण्डे विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी सर्वजित डिसीलाई १ सय ६५ मतान्तरले निर्वाचित भएका हुन्। पाण्डेले ४२२ मत प्राप्त गरेकी थिए, भने डिसीले २ सय ५७ मत प्राप्त गरेका थिए। साथै, अन्य पदमा पनि प्यानलसहित विजयी भएका छन्।

क्षेत्र नं. २ मा भीमप्रकाश खड्का विजयी भएका छन्। उनले ३६६ मत प्राप्त गर्दा पौडेलनिकट मानिने चित्रबहादुर डाँगी(निर्मल)ले २६६ मत प्राप्त गरेका छन्। सचिव पदमा खड्का प्यानलकै आरके सितल र डाँगी प्यानलका हिमबहादुर डाँगीले समान ३२१ मत प्राप्त गरि विजयी भएका छन्। त्यस्तै, सहसचिव पदमा खड्का प्यानलका रमेशकुमार पाण्डे ४०२ र रञ्जित श्रेष्ठ ३३९ मत प्राप्त गरी निर्वाचित भएका छन्। 

क्षेत्र नं.३ मा ४३८ मत प्राप्त गरेर  पौडेल पक्षका जगतबहादुर खड्का निर्वाचित भएका छन्। उनका प्रतिद्वन्दी सुरेन्द्रबहादुर खड्काले ३११ मत प्राप्त गरेका थिए। यस्तै, सभापतिका अर्का उम्मेदवार किरण शाहले ६८ मत प्राप्त गरेका छन्। सचिवमा पूर्णबहादुर खत्री र शाेभाकर सापकोटा निर्वाचित भएका छन्। यस्तै, सहसचिवमा डेफुलाल चौधरी र भीमकान्त भट्टराई निर्वाचित भएका छन्।