१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ मङ्सिर ८ बुधबार ११:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पा कांग्रेसको सभापति, उपसभापति र सचिवमा शाही नेतृत्व  

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ८ बुधबार ११:५६:००

नेपाली कांग्रेस डोल्पाको सभापतिमा दीपेन्द्रबहादुर शाही विजयी भएका छन् । उनी दुई सय ३७ मत ल्याएर विजयी भएका हुन् । तत्कालीन सभापति अंगतकुमार बुढालाई ७९ मतले पराजित गर्दै शाही विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी बुढाले एक सय ५८ मत ल्याएका छन् । अर्का उम्मेदवार गौरीशंकर उपाध्यायले २३  मत र दुधकुमारी हमालले ११ मत प्राप्त गरेका छन्।

दुई सिट रहेको उपसभापतिमा दुई  सय ४४ मतसहित पूर्ण शाही विजयी भएका छन् । लवकुमार शाही पनि दुई  सय १० मत ल्याएर विजयी भएका छन् ।  उपसभापतिका उम्मेदवार  श्याम रोकाय दुई सय मत ल्याएर पराजित भएका छन् ।  त्यसैगरी, सचिवमा दुई सय ४० मत ल्याएर हिक्मतबहादुर शाही  र दुई सय ५० मत ल्याएर दशरथ रोकाय विजय भएका छन् ।

प्रतिद्वन्द्वी सुवास कठायत एक सय ३५ र जनकबहादुर रोकाय ८८ मत ल्याएर पराजित भएका छन् । सहसचिवमा लक्ष्मणबहादुर शाही दुई सय ३१ र सुरेन्द्रप्रसाद महत दुई सय ६० मत ल्याएर विजयी भएका छन् । सहसचिवका उम्मेदवार दिलकुमार रोकाय एक सय ५० मत ल्याएर पराजित भएका छन् । जिल्ला सभापतिमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि शाही, बुढा, उपाध्याय र हमाल चुनावी मैदानका उत्रिएका थिए । नवनिर्वाचित सभापति शाही निर्माण व्यवसायी पनि हुन् ।