मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
ललितपुर क्षेत्र नं. ३ बाट विजयी महाधिवेशन प्रतिनिधि
२०७८ मङ्सिर ८ बुधबार ०७:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेस महाधिवेशन : ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधि छानिए 

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ८ बुधबार ०७:०३:००

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशनबाट ६५ निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अधिवेशन हुन बाँकी एक सय ४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ६५ क्षेत्रमा अधिवेशन सम्पन्न भई प्रतिनिधि छनोट भएका हुन् । 

कांग्रेस महाधिवेशनको निर्धारित कार्यतालिकाअनुसार एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा ६ मंसिरबाट अधिवेशन भइरहेको छ । निर्वाचन समितिका सचिव केशव रिजालले एक सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अधिवेशन हुन बाँकी एक सय ४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन प्रक्रिया सुरु भएको जानकारी दिए । निर्वाचन समितिका अनुसार एक निर्वाचन क्षेत्र भएका १६ जिल्लामा भने यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ । समितिले करिब ४० जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट भएको जनाएको छ । ‘६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको जानकारी निर्वाचन समितिलाई आएको छ,’ उनले भने, ‘बाँकीमा निर्वाचन हुने र नतिजा आउने क्रम जारी छ ।’ 

क्रियाशील सदस्यता विवादलगाायतका कारण सर्लाहीमा भने वडा अधिवेशनसमेत सुरु हुन सकेको छैन । ‘सर्लाहीमा पनि निर्वाचन अधिकृत खटाइसकिएको छ । नयाँ मिति तोकेर अधिवेशन अगाडि बढाइनेछ,’ सचिव रिजालले भने । कार्यतालिकाअनुसार एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा १० मंसिरमा जिल्ला अधिवेशन हुनेछ । 

निर्वाचन समितिले हालसम्म कांग्रेसका १८ जिल्ला अधिवेशन सम्पन्न भइसकेको जानकारी दिएको छ । समितिका अनुसार मंगलबारसम्म मनाङ, मुस्ताङ, गोरखा, म्याग्दी, रुकुमपूर्व, जाजरकोट, ताप्लेजुङ, मुगु, संखुवासभा, रामेछाप, सल्यान, दोलखा, कालीकोट, हुम्ला, बाजुरा, बझाङ, डडेल्धुरा र भोजपुर छन् । १६ र १७ मंसिरमा प्रदेश अधिवेशन र २४ देखि २६ मंसिरमा केन्द्रीय महाधिवेशन हुनेछ ।