१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका रुपन्देही
२०७८ मङ्सिर ७ मंगलबार १८:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहमन्त्री भन्छन्– सीमा क्षेत्रमा बस्ने नेपाली अब्बल राष्ट्रवादी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुपन्देही
२०७८ मङ्सिर ७ मंगलबार १८:५०:००

गृहमन्त्री बालकृष्ण खाणले सीमा क्षेत्रमा बसोबास गर्ने सबै नेपाली अब्बल राष्ट्रवादी भएको बताएका छन् । नेपालको राष्ट्रियता, सान र पहिचान सीमा क्षेत्रका नेपाली जनताबाटै कायम रहेको मन्त्री खाणले बताए । 

रुपन्देहीको कोटहीमाई गाउँपालिका– ५ मर्चबारीमा रहेको मर्चबारी माई मन्दिरमा पूजाआजापछि कांग्रेसका नेता तथा कार्यकर्तासँगको भेटमा उनले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले नेपाल मिचिनबाट जोगाएको बताएका हुन् । 

सीमामा बसोबास गर्ने नेपालीले सीमा क्षेत्रमा रहेको खेत, खलियान, आली, बगैँचालगायतका स्थललाई मेरो हो भन्दै जोगाएकोले आज पूरा देश जेगिन पुगेको गृहमन्त्री खाणको भनाइ थियो । 
हिउँदे बाली लगाउने वेलामा देखिएको रासायनिक मलसम्बन्धी समस्या छिटो समाधान गर्ने पनि उनले बताए । रुपन्देहीको मर्चबारमा भएको कार्यकर्ता भेटघाटमा गृहमन्त्री खाणले रासायनिक मल छिटोभन्दा छिटो उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।