मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ७ मंगलबार १७:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चका सबै न्यायाधीशले राजीनामा दिनुपर्छ : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ७ मंगलबार १७:४३:००

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन्। सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि ठूलो प्रश्न उठेको उल्लेख गर्दै आफूले सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने अवस्था देखेको उनको तर्क थियो। अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराप्रति संकेत गर्दै कुनै अमूक व्यक्तिले राजीनामा गर्दैमा न्यायिक क्षेत्रको प्रदूषण हट्ला ? भन्नै प्रश्न गरे। उनले अदालतभित्र सेटिङमा सहमत भएर फैसला गरिएको देखिएको, परमादेशको आधारमा आफूलाई हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै आक्रोशसमेत व्यक्त गरे। 

‘अहिले सर्वोच्च अदालत प्रांगणमा जे भइरहेको छ। सर्वोच्च अदालतभित्र जे भइरहेको छ। यो बहुत दुःखद छ। र, यो टाउको दुखेको औषधि नाइटोमा लाएजस्तो गरेर यसको उपचार हुनेवाला छैन। अमूक व्यक्ति हटिदिएपछि यो सिलसिला मिल्ला उहाँहरूले भन्नुहुन्छ । म त देख्छु– सबैले राजीनामा दिनुपर्ने स्थिति हो,’ उनले भने , ‘उहाँहरूप्रति यत्रो प्रश्न उठेपछि यत्रो सेटिङमा सहमत भएर फैसला गरेको देखिएपछि उहाँहरूले त राजीनामा गर्नुपर्ने हो जस्तो लाग्छ। अनि फलानोले राजीनामा गर्दा हुन्छ भन्ने जस्तो कुराले यसको न्यायिक क्षेत्रको प्रदूषण यति एउटा कुराले हट्ला ? मलाई त्यस्तो लाग्दैन। लागेको क्यान्सर छ, कुखुराको अन्डा मन्छाउने ? कुखुराको अन्डा मन्छाएर क्यान्सर निको हुन्छ ? त्यसो भएर यसको राम्रै उपचार अप्रेसन, किमो गर्नुपर्ने हुन्छ। हामी चाहन्छौँ– निष्पक्ष न्यायालय छ भन्ने सबैले विश्वास गरून्।’