१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मानदत्त रावल  
२०७५ फाल्गुण १९ आइतबार १२:३०:००
Read Time : < 1 मिनेट
प्रदेश

जुम्लाका जेष्ठ नागरिक सरकार प्रति खुशी

Read Time : < 1 मिनेट
मानदत्त रावल  
२०७५ फाल्गुण १९ आइतबार १२:३०:००

तिला गाउँपालिका – १ रारागाउँका ७५ वर्ष नाघेका जयमल रावतले भने जेष्ठ नागरिकहरु सरकार प्रति खुशी भएको बताए । काम गरेर खाने उमेर ढल्की सकेको अवस्थामा सरकारले मासिक रुपमा २ हजार भत्ता दिएपछि जिविकोपार्जनका लागि सहज भएको उनले बताए । यसै भत्ताबाट लुगाफाटो, नुन तेल किन्ने गरेका छौं उनले भने, हामी जेष्ठ नागरिकहरुलाई निकै राहत पुगेको छ । 

अर्का ७७ वर्षीय जेष्ठ नागरिक किमबहादुर रावतका अनुसार भत्ता पाउने भएपछि छोराबुहारीले माया गर्ने गरेका छन् । उनले भने यहाँका कोही जेष्ठ नागरिक बृद्धाश्रममा जानु परेको छैन । आफ्ना घरपरिवारमा सुःख दुःख साटेर बसी रहेका छौँ । 

जुम्लाबाट महिना दिनसम्म पैदल हिडेर सुर्खेत, नेपालगञ्ज पुगी दैनिक उपभोग्य सामान किनेर ल्याउनु पर्ने अवस्थाबाट गुिज्रएका जुम्लाबासी अहिले घर नजिकै सडक पुग्दा निकै खुसी छन् । 

तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले गाउँपालिका र नविल बैंकको समन्वयमा ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई जकेट, पच्छौरा र हर्लिस प्रदान गरेर सम्मान गरेको बताए । गाउँपालिका सभाबाट पारित गरी दुई महिनामा एक पटक जेष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण गरी उपचार गर्ने व्यवस्था गरेको छ । 

नविल बैंक शाखा जुम्लाका प्रबन्धक रामप्रसाद लामिछानेले बैंकको बार्षिक कुल नाफाको एक प्रतिशत सामाजिक उत्तरदायित्वमा खर्च गनुपर्नेमा यस वर्ष तिला गाउँपालिका ७० वर्ष माथिका तीन सय ५० जना जेष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गरीएको बताए ।