१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ६ सोमबार १५:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

न्यायालयको विषयमा पार्टीको ध्यानाकर्षण गराउन पहल गर्छु : नेम्वाङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ६ सोमबार १५:१८:००

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले न्यायालयमा अहिलेको अवस्था भरसक नआउनुपर्ने बताएका छन्।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पदमुक्तिका लागि सहयोग गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेको नेपाल बार एसोसिएसनको टोलीसँग नेम्वाङले यो विषय पार्टी अध्यक्ष र आजको स्थायी कमिटी बैठकमा राख्ने बताए। यस विषयमा पार्टीको ध्यानाकर्षण गराउन आफूले पहल गर्ने आश्वासन उनले दिए।

बारको आन्दोलन दबाउन दंगा प्रहरी सर्वोच्च अदालतमा प्रवेश गरेको सुन्दा आफू दुःखी भएको नेम्वाङले बताए। न्यायालयको समस्या त्यहीँबाट समाधान भएको भए राम्रो हुनेसमेत उनले बताए।