मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ५ आइतबार १९:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल–भारत सम्बन्ध प्रवर्द्धन युवा कलाकार र विद्यार्थीको महत्वपूर्ण भूमिका : महन्थ ठाकुर  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ५ आइतबार १९:०७:००

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले भारत र नेपालको साझा सांस्कृतिक सम्पदा र दुई मित्रतापूर्ण छिमेकीबीचको सदियौँ पुरानो सम्बन्धलाई प्रवर्धन र संरक्षणमा युवा कलाकार र विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहने बताएका छन् । 

डिएभी सुशील केडिया विश्व भारती स्कुल, काठमाडौं र संस्कृति भारतको सहकार्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौंले आयोजना गरेको नेपाल–भारत अन्तर्राष्ट्रियमैत्री कन्सर्टको उद्घाटन गर्दै ठाकुरले यस्तो बताएका हुन् । 
कार्यक्रममा डिएभी सुशील केडिया विश्व भारती स्कुलका अध्यक्ष अनिल केडिया र प्रथम सचिव (प्रेस, सूचना र संस्कृति)) नवीन कुमारको उपस्थिति थियो । प्रथम सचिव कुमारले भारत र नेपालका कलाकारहरूको रमाइलो प्रस्तुति र आफ्नो कलाको माध्यमबाट दुई देशका जनतालाई एकताबद्ध गराउन योगदान गरेकोमा धन्यवाद दिए । 

कार्यक्रममा भारतका चर्चित कलाकारहरू– गायिका डा. रञ्जना झा, नर्तकहरू यामिनी शर्मा र रिजुला मिश्र– तथा नेपालका स्वजन रघुवंशी समूहले आफ्नो प्रस्तुति दिएका थिए । भारत र नेपालका सिबिएसई स्कुलका युवा विद्यार्थीहरूले पनि सांस्कृतिक प्रदर्शनी प्रदर्शन गरेका थिए । 
कार्यक्रम भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउन र स्मरण गर्न भारत सरकारको पहल, ‘आजादीको अमृत महोत्सव’ को एक हिस्सा रहेको भारतीय दूतावासले जनाएको छ ।