१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ५ आइतबार १२:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरम नपुगेपछि संसदीय सुनुवाइ समितिको बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ५ आइतबार १२:५९:००

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ। आइतबार सिंहदरबारमा बोलाइएको समितिको बैठक कोरम नपुगेपछि आगामी मंसिर १७ गते बस्ने गरी स्थगित गरिएको हो। 

एमाले र कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरू महाधिवेशनको कारण उपस्थित नभएपछि समितिको बैठक बस्न आवश्यक कोरम नपुगेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। ‘आजको बैठकमा कोरम पुगेन। त्यसकारण विभिन्न कारणले होला, महाधिवेशन चलिराख्या छ अहिले एमालेको। उहाँहरू केही आउनुभयो, केही आउन सक्नुभएन। नेपाली कांग्रेसको पनि गाउँ–जिल्ला अधिवेशनहरू चलेको छ। उहाँहरू पनि आउनुभएन। आउँछु भन्ने मान्छेहरू पनि आएनन्,’  उनले भने।

गत कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकाका लागि नेपाली राजदूतमा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सिफारिस गरेको थियो। प्रस्तावित तीनवटै देशका राजदूतहरूको सुनुवाइका लागि आजको बैठक बोलाइएको थियो।

१५ सदस्यीय संसदीय सुनुवाइ समितिको बैठकमा कोरम पुग्न आठ सदस्य चाहिन्छ। आउँछु भनेका सदस्यसमेत उपस्थित नभएपछि कोरम नपुगेर बैठक स्थगित गर्न बाध्य हुनुपरेको समितिका सभापति कर्णले बताए।