मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ मङ्सिर ५ आइतबार ११:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पुलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ५ आइतबार ११:०५:००

सप्तरीको बोदेबर्साइन नगरपालिका– ७ हैठी मानराजा हुँदै देउरी जाने भित्री सडकखण्डमा पर्ने पुलमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलचालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शनिबार अपराह्न हैठी मानराजा हुँदै देउरी भित्री सडकखण्डमा पर्ने पुलमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको स.६प ५०६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको बायाँतर्फको पिल्लरमा ठोक्किँदा मोटरसाइकलचालक २३ वर्षीय मो. सहजाद आलमको मृत्यु भएको हो।

मोटरसाइकल पुलमा ठोक्किएपछि गम्भीर घाइते भएका आलमलाई तत्काल उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याइएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सप्तरीको खडक नगरपालिका– ११ बनौली घर भएका आलमको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।