१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका 
२०७५ फाल्गुण १९ आइतबार ११:००:००
Read Time : < 1 मिनेट
समाचार

  २५ साउनदेखि युवा सम्मेलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका 
२०७५ फाल्गुण १९ आइतबार ११:००:००

नेपाल युवा परिषद्ले राष्ट्रिय युवा सम्मेलन गर्ने भएको छ । परिषद्ले आगामी २५ साउनदेखि तीनदिने सम्मेलन आयोजना गर्न लागेको हो । नेपाल भ्रमण वर्ष–२०२०, लैंगिक समानता, दिगो विकास लक्ष्य, युवा नेतृत्व र युवा उद्यमशीलतालाई मुख्य विषय बनाई सम्मेलन गर्न लागेको परिषद्का अध्यक्ष सरोज बानियाँले जानकारी दिए । 

सम्मेलनमा ७७ वटै जिल्लाका एक महिला र एक पुरुष गरी १ सय ५४ जना र विभिन्न समुदायका ५० जना गरी दुई सय चारजना सहभागी हुनेछन् । 

परिषद्ले १८ देखि ३० वर्ष उमेर समूहका व्यक्तिलाई युवा गणना गरेको छ । आफ्नै स्थानीय तह तथा जिल्लामा रही अध्ययन, व्यवसाय वा सामाजिक कार्य गरिरहेका उक्त उमेर समूहका युवा सम्मेलनमा सहभागी हुन पाउने परिषद्ले जनाएको छ । सम्मेलनमा प्रदेशगत हिसाबमा सहभागीले कार्यपत्रसमेत प्रस्तुत गर्ने आयोजकको भनाइ छ । 

सम्मेलनमा प्रस्तुत गरिएका कार्ययोजनामध्ये हरेक प्रदेशका उत्कृष्ट कार्ययोजनालाई ‘सिड फन्ड’ उपलब्ध गराइने सम्मेलनका संयोजकसमेत रहेका बानियाँले बताए ।