१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी अमेरिका
२०७८ मङ्सिर ४ शनिबार २०:१९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ताइवान नीति फेरिँदैन : बाइडेन

Read Time : < 1 मिनेट
एजेन्सी अमेरिका
२०७८ मङ्सिर ४ शनिबार २०:१९:००

अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङसँग कुराकानीपछि पनि ताइवानका बारेमा अमेरिकी नीति नबलिने बताएका छन् । उनीहरूबीच यही साता भएको भर्चुअल कुराकानीमा बाइडेनले ताइवान नीति परिवर्तन नहुने स्पष्ट पारेको स्पुतनिक न्युजले जनाएको छ ।

‘हामी कुनै पनि हालतमा ताइवान नीति परिवर्तन गर्नेवाला छैनौँ । ताइवानले के जान्छ भन्ने बारेमा हामी केही पनि भन्दैनौँ, उनीहरूले नै निर्णय गरून्’ बाइडेनले भनेको उद्धृत गर्दै स्पुतनिकले जनाएको छ । गत सोमबार बाइडेन र सीबीच तीन घण्टा लामो भर्चुअल कुराकानी भएको थियो। कुराकानीका विभिन्न पाटोबारे निरन्तर अन्तराष्ट्रिय सञ्चारमाध्यममा सम्प्रेषण हुने क्रम जारी छ । 

चिनियाँ राष्ट्रपति सीले बाइडेनलाई ‘पृथकतावादीहरूले चीनलाई उत्तेजित बनाउन खोजे कडा जवाफ दिने’ चेतावनी दिएका थिए । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उनले चीनविरोधी शक्तिहरूलाई रातो घेराभित्र प्रवेश नगर्न भनेका छन् । सीको थप भनाइ थियो, ‘ताइवानमा चीनलाई उत्तेजित गराउन खोज्नु आगोसँग खेल्नुजस्तै खतरनाक हुनेछ ।’ 
चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ । राष्ट्रपति सीले भनेका छन्, ‘ताइवान स्वतन्त्र हुन खोज्नु भनेको युद्धको घोषणा गर्नु हो ।’