१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ मङ्सिर ४ शनिबार १५:४३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालगन्ज म्याराथनको उपाधि एपिएफका बोगटीलाई

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ४ शनिबार १५:४३:००

सातौं धारा नेपालगन्ज म्याराथनको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) क्लबका किरणसिंह बोगटीले जितेका छन्। निर्धारित ४२ किलोमिटर दूरी दुई घन्टा २९ मिनेट ४१ सेकेन्डमा पार गरेर बोगटीले प्रतियोगिताको उपाधि हात पारेका हुन्। उनी १३औँ साग प्रतियोगिताका स्वर्ण पदक विजेतासमेत हुन् ।
 
नेपालगन्जमा भएको म्याराथनमा नेपाली सेनाका नरेन्द्र रावल दोस्रो भए। उनले दुई घन्टा ३३ मिनेट २८ सेकेन्डमा दूरी पार गरे। यसैगरी दुई घन्टा ३३ मिनेट ३४ सेकेन्डमा दूरी पार गर्दै नेपाली सेनाकै सन्तोष विष्ट तृतीय भएका आयोजक नेपालगन्ज म्याराथनका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए ।

हाफ म्याराथनमा धादिङकी सन्तोषी श्रेष्ठ पहिलो भइन् । उनले एक घन्टा १८ मिनेट ४८ सेकेन्डमा दूरी पार गरिन्। उनी पनि साग प्रतियोगिताको स्वर्ण पदक विजेता हुन्। यसैगरी, एक घन्टा १९ मिनेट १८ सेकेन्डमा दूरी पार गरेकी एपिएफकी पुष्पा भण्डारी दोस्रो र सुर्खेतकी बिन्दु हमाल तेस्रो भइन् ।
 
प्रतियोगिताका विजेताले एक लाख नगदसहित सिल्ड र प्रमाणपत्र प्राप्त गरे। उपविजेताले ५० हजार, तृतीयले २५ हजार रुपैयाँ हात पारे। यसैगरी, हाफ म्याराथनका विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार र चौथोले १० हजार रुपैयाँ जितेका आयोजकले जनाएको छ। म्याराथनमा ५० जना, हाफ म्याराथनमा १२ जना र अन्य विधामा गरी कुल एक हजार एक सय ७० जनाले सहभागिता जनाएका थिए ।