१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दीपक भट्ट रामेछाप
२०७८ मङ्सिर ४ शनिबार ११:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिल्ला अस्पतालमा उपकरण थन्किँदा नागरिकले स्वास्थ्य सेवा पाएनन्

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७८ मङ्सिर ४ शनिबार ११:१९:००

जिल्लामा रहेको एक मात्र सरकारी अस्पताल जिल्ला अस्पस्ताल रामेछापमा रहेका उपकरणहरू थन्किँदा रामेछापका नागरिकहरू स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् । २०५० सालमा स्थापना भएको रामेछापको एक मात्र सरकारी अस्पताल जिल्ला अस्पतालमा अहिलेसम्म अल्ट्रासाउन्ड, आइसियू, भेन्टिलेटर, भिडियो एक्सरे र ल्याबसेवा सञ्चालन हुन नसक्दा बिरामी भएका नागरिकहरूले सेवा पाउन सकेका छैनन् ।

बिरामी भएर अस्पतालमा उपचार लिन जाने सेवाग्राहीहरूलाई जिल्ला अस्पताल रामेछापले जिल्लाभित्रका निजी अस्पताल र राजधानीलगायतका विभिन्न अस्पतालहरूमा रिफर गर्दै आएको जिल्ला अस्पताल रामेछापका प्रमुख डा. पवन शाक्यले जानकारी दिए । 

उनले भने, ‘पहिला अस्पतालमा उपचार लिन आउने नागरिकहरूले उपकरण अभावमा त्यसै फर्कनुपर्ने बाध्यता थियो । अहिले अस्पताल परिसरमा सुविधासम्पन्न भवन निर्माण भएको छ । अस्पतालमा त्यहीअनुसार आवश्यक सबै उपकरण छन् । तर, आवश्यक जनशक्ति मन्त्रालयले पठाउन नसक्दा ती उपकरण सबै थन्किएर बसेकाले नागरिकले सेवा पाउन नसकेको प्रमुख शाक्यले बताए ।  

जिल्ला अस्पतालमा प्राप्त भएका उपकरण सामाग्रीहरू यत्रतत्र थन्क्याएर राखेको लामो समय भइसक्दा पनि ती सामाग्रीहरू प्रयोग नगर्दै बिग्रने अवस्थामा पुगेका छन् । यता नागरिकहरूले भने सरकारी अस्प्तालबाट पाउनुपर्ने सेवा–सुविधा पाउन नसक्दा निजी अस्पतालमा महँगाे शुल्क तिरेर उपचार लिन बाध्य हुनुपरेको मन्थली नगरपालिका वडा नम्बर ७ भटौलीका निर्माण माझीले जानकारी  दिए ।