मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ मङ्सिर ४ शनिबार १०:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धर्मछोरी बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ मङ्सिर ४ शनिबार १०:२६:००

मोरङ कारागारमा धर्म छोरी बलात्कार कसुरमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । आफैँले जन्मदर्ता गरिदिएर पाल्दै आएकी १५ वर्षीया धर्मछोरीलाई जबर्जस्ती करणी गरेको कसुरमा १२ मंसिर २०७१ मा सजाय भुक्तान गरिरहेका कैदी  विराटनगर महानगरपालिका– ७  का  ६३ वर्षीय गोपाल शर्माको ह्रदयाघातका कारण आज बिहान मृत्यु भएको हो । 

उच्च रक्त्तचापको बिरामी रहेका शर्मालाई शुक्रबार उपचार गराउन कोसी अस्पताल लगिएको थियो । उपचारपछि अस्पतालबाट आजै बिहान डिस्चार्ज भएका थिए । तर, बिहान जेलभित्र पस्नासाथ फेरि सिकिस्त भएपछि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको निमित्त जेलर रामप्रसाद पोखरेलले बताए । मृतक कैदी शर्मा कारागारभित्रको मन्दिरमा पूजा गर्ने पुजारी पनि  थिए ।

कैदी गोपाल शर्मा तत्कालीन नेपाल ट्रेड युनियन कांग्रेस मोरङका अध्यक्षसमेत थिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला खेमामा राम्रो पकड राख्ने शर्मा धर्मछोरी बलात्कार गरेको पोल खुलेपछि  लामो समय फरार भएका थिए । उनलाई पक्राउ गर्न तत्कालीन संसद्मा समेत आवाज उठेको थियो । त्यसपछि पक्राउ गर्न मोरङ प्रहरी भारतको आसामसम्म पुगेपछि आरोपी शर्मा  सोझै अदालतमा हाजिर भएका थिए ।