मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर ३ शुक्रबार १७:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घरजग्गाका व्यवसायीले कारोबार गरेको तथ्यांक सही राख्नुपर्छ :  गभर्नर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर ३ शुक्रबार १७:१४:००

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले घरजग्गा किनबेच गर्ने व्यवसायी संघ संगठनले कारोबार गरेको तथ्यांक सही राख्नुपर्ने बताएका छन्। नेपाल राष्ट्र बैंकले शुक्रबार काठमाडौंमा आयोजना गरेको घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजजिक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले घरजग्गा कारोबारलाई व्यवस्थित र तथ्यांक सर्वेक्षण गर्न सहज हुने भन्दै सही तथ्यांक राख्न व्यवसायीलाई आग्रह गरे ।

गभर्नर अधिकारीले बैंक, मालपोत र घरजग्गा व्यवसायी संघहरूले गरेको कारोबारको सही तथ्यांक राख्दा घरजग्गा कारोबारमा अहिले भइरहेको असमान मूल्यमा समानता ल्याउन सहयोग पुग्ने बताए। उनले घरजग्गा व्यवसायी,बैंक र मालपोतबाट हुने मूल्य सूचकांक एक भएमा घरजग्गा सर्वेक्षण प्रतिवेदनमा बजारमा भइरहेको कारोबारअनुसार सत्यतथ्य सूचकांक आउन सक्ने बताए । 

करिब दुई वर्षको मेहेनतपछि पहिलोपटक घरजग्गाको मूल्य मापन गर्ने सूचकांक तयार भएको उनको भनाइ छ। अहिले केही तथ्यपरक नभए पनि आगामी तीन–तीन महिनामा सार्वजनिक हुने तथ्यांकमा सुधार गर्दै लैजाने बताए। घरजग्गा कारोबार गर्दा मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलोपटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकांक निर्माण गरिएको गभर्नर अधिकारीले बताए ।