मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार ११:३६:००
Read Time : < 1 मिनेट
समाचार

चार लाख तिरेर आफन्तले बुझे शव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार ११:३६:००

बन्धक बनाएर राखेको शव विनासर्त दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निर्देशन नोबेल मेडिकल कलेजले अवज्ञा गरेको छ । मोरङको कटहरी गाउँपालिका–३ निवासी ३२ वर्षीय दीपक मिश्रको शव कलेजले उपचार खर्च नदिएको भन्दै बन्धक बनाएको थियो । सो घटना बाहिर आएपछि स्वास्थ्य मन्त्रालयले विनासर्त तत्काल शव परिवारलाई जिम्मा लगाउन निर्देशन दिएको थियो ।

मन्त्रालयका चिकित्सा शाखा प्रमुख डा. दीपेन्द्ररमण सिंहले अस्पतालका प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र उपाध्यायलाई टेलिफोन गरी शव तत्काल आफन्तको जिम्मा लगाउन निर्देशन दिएका थिए । ‘ऋण खोजेर चार लाख दिएँ, त्यसपछि मात्रै शव बुझाए,’ दीपककी श्रीमती अनिता मिश्रले नयाँ पत्रिकासँग भनिन् । गत २ साउनमा विराटनगर– ४ स्थित कञ्चनवारीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मिश्रको मंगलबार दिउँसो मृत्यु भएको थियो ।