१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका महोत्तरी
२०७८ मङ्सिर ३ शुक्रबार ०८:४८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सामूहिक बलात्कार र हत्या आरोपमा दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
२०७८ मङ्सिर ३ शुक्रबार ०८:४८:००

गत १४ असोजमा घरअगाडिको सडकमा मृत भेटिएकी भंगहा नगरपालिका–२, बखरीटोलकी अमृता सदाको सामूहिक बलात्कार र हत्या आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिई सार्वजनिक गरेको छ । धनुषा क्षिरेश्वर नगरपालिका–३, पर्सा पकडिया घर भएका ४२ वर्षीय मनोजकुमार यादव र महोत्तरीकै भंगहा–५, सीतापुरका २४ वर्षीय विपिन मण्डललाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले यादव र मण्डलले अमृतालाई बलात्कार गरी बेहोस अवस्थामा घरनजिकैको सडकमा छाडेर मोटरसाइकलमा भागेको जानकारी दिए । ‘मेला हेर्न भनी यादव र मण्डलले १३ असोजको राति ११ बजेतिर अमृतालाई मोटरसाइकलमा राखेर लगेका रहेछन् । तर, मेलामा नपुर्‍याई खेतैखेत भएको ठाउँको खाली चौरमा पुर्‍याएर रातभर बलात्कार गरी बिहान करिब तीन बजेतिर घरअगाडि बेहोस अवस्थामै छाडेर भागेका रहेछन्,’ एसपी आचार्यले भने ।

बिहान बेहोस अवस्थामा भेटिएपछि परिवारका सदस्यले अमृतालाई भंगहाकै निजी अस्पताल पुर्‍याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो । त्यहाँ उपचारकै क्रममा १४ असोजको राति १० बजेतिर अमृताको मृत्यु भएको थियो ।

एसपी आचार्यका अनुसार घटनामा संलग्नहरूको पहिचान तत्कालै नखुले पनि अनुसन्धानका क्रममा यादव र मण्डलले नै घटना गराएको पुष्टि भएपछि उनीहरूको खोजी गरिएको थियो ।