Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
सिद्धार्थ भाटिया
२०७५ फाल्गुण १९ आइतबार ०९:५१:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

भारतीय मिडियाले देखाएको लज्जास्पद उग्र राष्ट्रवाद 

भारतमा अहिले कोही प्रोपागान्डामन्त्री छैन, न त कुनै कानुनले नै कसैलाई प्रधानमन्त्रीको चाकडी गर्न बाध्य बनाएको छ

Read Time : > 4 मिनेट
सिद्धार्थ भाटिया
२०७५ फाल्गुण १९ आइतबार ०९:५१:००

‘पाकिस्तानी प्रोपागान्डाको भन्डाफोर’, भारतीय वायु सेनाको विमानलाई पाकिस्तानी सैन्यबलले खसालेपछि एकजना अवकाशप्राप्त एयर चिफ मार्सलसँग प्रस्तोताले विश्लेषणात्मक अन्तरवार्ता लिँदै गर्दा टिभीको शीर्षमा डिस्प्ले भइरहेको हेडलाइन थियो यो । भारतीय मिडिया ‘आइरोनी डिफिसिएन्ट जोन’मा छ । प्रस्तुतिको आशय तथा तौरतरिकालाई सरकारी भर्सनभन्दा अझै बढी भएकाले आफूहरूले प्रयोग गरेका शब्द हास्यास्पद थिए भन्ने महसुस ती प्रस्तुता वा न्युज टिमले ग¥यो कि गरेन, मलाई शंका लागेको छ । उनीहरूले महसुस गरेको भए पनि के आइन्दा उनीहरूले यसो नगर्लानन् त ? यस्तो सम्भावना बिरलै छ । किनभने पत्रकारिताका सिद्धान्त भाँडमा गए पनि भारतीय टिभी प्रस्तोताहरू आफूले राष्ट्रिय कर्तव्य पूरा गरेको ठान्दछन् । अनि यसरी टिआरपी बढाउने गर्छन् । 

‘पत्रकारको पूर्वसर्त राष्ट्रवादी बन्नु हो,’ आधुनिक भारतीय समाचार टेलिभिजनका वकालतकर्ता बर्नाब गोस्वामीले भने । अनि, गोस्वामीका क्लोन तथा भक्तहरूले आस्थाका साथ उनको भनाइलाई पछ्याएका छन् । निकै गम्भीर मुद्रामा देखिने युवा पुरुष तथा महिलाले चलाउने आक्रामक बहसको रूपमा आउने यस्ता राष्ट्रवादी प्रस्तुति हामीले हरेक दिन देख्ने गरेका छौँ । आज तक टिभीमा इन्डिया गेटको पृष्ठभूमि सेटमा पाँचजना पुरुष प्यानलिस्ट (हालका दिनमा महिला प्यानलिस्ट देखिएका छैनन्) एकाएक गर्दैै पाकिस्तानलाई घुँडा टेकाउने उपायहरू सुल्झाउँछन् । प्यानलिस्टले यस्तो भन्दै गर्दा दर्शकदीर्घाको अग्रपंक्तिमा रहेका एकजना दर्शकले ठूलो भारतीय झन्डा फर्फराउँछन् । ‘देशद्रोहीहरू कहाँ छन् ?’– शंस्कास्पद राष्ट्रवादी शक्तिलाई सांकेतिक औँला तेस्र्याउँदै अर्का प्रस्तोता चिच्याउँछन् । 

एउटा तेलुगु च्यानलमा प्रस्तोता स्वयं सैन्य पोसाक र खेलौना बन्दुक बोकेर टेलिभिजन स्क्रिनमा देखापर्छन् । ‘तिमी तस्बिरहरू प्रस्तुत गर, म युद्ध प्रस्तुत गर्छु,’ –क्युबा शान्त भएको र त्यहाँ कुनै युद्ध नभएको जानकारी दिएका आफ्ना रिपोर्टरलाई विलियम रान्डोल्फ हस्र्टले यस्तो भनेका थिए । भारतीय टेलिभिजन च्यानलले यसैगरी युद्ध प्रस्तुत गर्न चाहेका छन् । टेलिभिजन च्यानलभन्दा बाहिर पनि योभन्दा राम्रो स्थिति छैन । सोसल मिडियामा धेरै वरिष्ठ पत्रकारहरू जसबाट संयमको अपेक्षा गरिएको थियो, उनीहरूले पाकिस्तानी भूमिमा गरेको हवाई आक्रमणलाई लिएर भारतीय वायु सेनालाई बधाई दिन थाले । हो, व्यक्तिगत विचारमा विचारप्रति विवाद गरिँदैन, तर उग्र राष्ट्रवादलाई समर्थन गर्दा आफूलाई कट्टर राष्ट्रवादी ठान्ने तथा आफ्नो देशलाई सर्वश्रेष्ठ ठान्ने तत्वलाई बल पुग्छ । 

भारतमा अहिले कोही प्रोपागान्डामन्त्री छैन, न त कुनै कानुनले नै कसैलाई प्रधानमन्त्रीको चाकडी गर्न बाध्य बनाएको छ

पत्रकारिताको व्यावहारिक अभ्यासले तथ्यको पुष्टि गर्ने, प्रमाणका लागि सरकारलाई सोध्ने र आफ्नो देशभक्तिको प्रमाण दिन आक्रामक रूपमा प्रस्तुत हुनेभन्दा पनि निश्चित तहसम्म यस्तो कार्यबाट आफूलाई अलग राख्नुपर्ने माग राख्छ । सिंगो देशको मुड एकतर्फ मोडिएको भए पनि पत्रकार यस्तो मुडबाट बहकिनु हुन्छ ? राष्ट्रको बारेमा हरेक साँझ आउने चिच्याहट, देशभक्ति र पाकिस्तान तथा देशद्रोहीविरुद्धको निरन्तरको घृणा फैलाउने कार्य संख्यालाई हेरेर गरिएको भन्ने म सोच्थेँ । च्यानलहरूले आम्दानी गर्न नसकिरहेको अप्ठ्यारो परिस्थितिमा प्रयोग गरिने हरेक चलाखी उचित थियो । दर्शकले चाहना गरेझैँ खुराक च्यानलहरूले दिए, जसबाट दर्शक अडिन्छन् अनि यसले व्यापारको सेन्स दियो भन्ने पहिले मेरो बुझाइ हुने गथ्र्यो । 

तर, पहिलेको मेरो बुझाइमा अहिले म त्यति सारो सहमत छैन । टेलिभिजनले चलाएका ‘राष्ट्रका शत्रुहरू’ ठानिएकाविरुद्धको आक्रामक अभियान सरकारले उठाएका एजेन्डाअनुरूप छन् । केही टेलिभिजन च्यानल सरकारअनुकूल हुने खास मुड तथा कथ्य निर्माण गर्ने प्रयासमा देखिन्छन् । यस्ता टेलिभिजन च्यानल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा उनका प्रशासनका मुखपत्र वा समर्थक मात्र होइनन्, सरकारको आवाज फैलाउने शक्ति हुन् । जसले प्रोपागान्डा फैलाउँदै गर्दा अरूको आवाज दबाइरहेका छन् । राष्ट्रवादी हिस्टेरियाको फैलावट व्यापारकेन्द्रित कुटिल नीति टेलिभिजन च्यानलमा मात्र देखिएको छैन, सोसल मिडिया, ट्रोल बटालियन र झुटा समाचार उद्योगले पनि अपनाएका छन् । यस्तोमा, राष्ट्रवादी गीतका भिडियो सेयर गरिन्छन् । ह्वाट्सएप सैन्य बहादुरीका नारा तथा कथाले गुञ्जायमान हुन्छ । राजस्थानमा भएको एउटा राजनीतिक ¥यालीमा ‘यो माटोको कसम, म देश झुक्न दिन्नँ’ भन्दै नरेन्द्र मोदीले उद्घोष गरे । 

फिल्म उद्योगको केही अंश पनि उग्र राष्ट्रवादलाई बढावा दिन लागि परेको छ । निर्वाचनका समयमा अचानक ल्याइने राष्ट्रभक्तिले भरिएको फिल्मलाई लिन सकिन्छ । सेना र मोदीलाई समेत महिमा गाएर गएको केही महिनाअघि यस्ता फिल्म रिलिज गरिएका छन् । मणिकर्णिका र युरीजस्ता फिल्मलाई मन्त्रीहरूले खुलेरै प्रशंसा गरेका छन् । 
जर्मन शब्द ‘ग्लेआइस्चल्टुङ’, जसको अर्थ समन्वयजस्तो हुन आउँछ, यो भारतीय मिडिया परिप्रेक्षमा मिल्दो देखिन्छ । सन् १९३३ मा हिटलर चान्सलर बनेपछि जर्मनीको नाजीकरणका लागि यो शब्द प्रयोग भएको थियो । नाजीकरण दौरान प्रतिपक्षी तथा प्रतिस्पर्धीलाई जेल हाल्ने तथा हत्या गर्ने र अन्य राजनीतिक दलमाथि प्रतिबन्ध लगाइयो । ट्रेड युनियनलाई एउटा ब्यानरमा राखियो र यसरी राज्य र समाजका लगभग सबै संयन्त्र नाजीको कब्जामा गयो । यसको पछाडि प्रोपागान्डा अर्थात् प्रचारबाजीको प्रयोग थियो । तत्कालीन प्रोपागान्डामन्त्री जोसेफ गोएबल्सले पत्रपत्रिकादेखि म्यागजिन, थिएटर, संगीत, कलाल र त्यसताकाका नयाँ मिडिया रेडियो र फिल्मजस्ता मिडियाका सबै प्रकारलाई नियन्त्रणमा राखे । सरकारी नियन्त्रणको विरोध गर्ने कि भाग्नुपथ्र्यो, कि जेल बस्नुपथ्र्यो वा त्योभन्दा नि ठूलो सजाय भोग्नुपथ्र्यो । सबै मिडियालाई राष्ट्र वा पार्टीको सेवा मात्र लगाइएन, स्वयं हिटलरको सेवा वा चाकडीमा लगाइयो । त्यसपछि कर्मचारी र सिपाहीले राष्ट्रप्रतिको बफादारीका लागि ‘हिटलर शपथ’ खुवाउन थालियो । यसरी, नाजी पार्टीको सदस्यता नाटकीय रूपमा बढ्यो । 

फिल्म उद्योगको केही अंश पनि उग्र राष्ट्रवादलाई बढावा दिन लागिपरेको छ । निर्वाचनका समयमा अचानक ल्याइने राष्ट्रभक्तिले भरिएको फिल्मलाई लिन सकिन्छ । सेना र मोदीको समेत महिमा गाएर गएको केही महिनाअघि यस्ता फिल्म रिलिज गरिएका छन् । मणिकर्णिका र युरीजस्ता फिल्मलाई मन्त्रीहरूले खुलेरै प्रशंसा गरेका छन् ।

अहिले हामी आधिकारिक समन्वयको तहमा आइपुगिसकेका छैनौँ । भारतमा अहिले कोही प्रोपागान्डामन्त्री छैन, न त कुनै कानुनले नै कसैलाई प्रधानमन्त्रीको चाकडी गर्न बाध्य बनाएको छ । त्यसो भए, भारतीय मिडिया अहिले जुन रूपमा प्रस्तुत भइरहेका छन्, यसको के आवश्यकता छ ? आधिकारिक तहबाट बाध्यात्मक नबनाइँदा मिडियाले अहिले जे गरिरहेका छन्, यो पनि समन्वय नै हो जुन सबैभन्दा प्रभावकारी देखिएको छ । 
निजीस्तरमा रहेका नागरिकहरू सार्वजनिक रूपमा आफ्नो विचार पोख्न स्वतन्त्र छन् । पाकिस्तनलाई जोडेर शान्तिको समर्थन गर्नेले अर्काको राष्ट्रवादलाई आक्रामक देख्न सक्छ भने राष्ट्रवादलाई जोडेर शान्तिको समर्थन गर्नेले पाकिस्तानलाई आक्रामक देख्न सक्छ । सोसल मिडिया वा ह्वाट्सएप ग्रुपमा प्रयोगकर्ताले उग्र विचार राख्न सक्छन् । तर, यसलाई स्वतन्त्र अभिव्यक्तिका रूपमा हेर्न सकिन्छ । 

यद्यपि, मिडियालाई यस्तो सुविधा छैन । वस्तुनिष्ठ र सन्तुलित हुनुपर्ने व्यावसाहिक प्रतिबद्धता पत्रकारमा हुन्छ । जसले तथ्य प्रस्तुत गर्नुपर्छ, शक्तिमा रहेका निकायलाई प्रश्न गर्नुपर्छ । पत्रकार सरकार वा प्रोपागान्डाका माध्यम होइनन् । पत्रकारले व्यक्तिगत विचार राख्न सक्छन्, तर रिपोर्टिङ गरिरहँदा यस्ता विचार परै राख्नुपर्छ । यसो गर्दा उनीहरूको देशभक्ति प्रतिविम्बित नभए पनि पाठक वा दर्शकसमक्ष उनीहरूले राख्ने व्यावसायिक प्रतिबद्धताको अंश हुनेछ । भारतीय टेलिभिजन मिडियाले व्यावसायिकताका सिद्धान्त छाडेको लामो समय भइसक्यो, तर पनि राष्ट्रवादको हिस्सा भएको भन्दै उनीहरूले गर्व गरिरहेका छन् । उनीहरू राष्ट्रवादको खोल ओढ्न चाहन्छन् । अनि, सत्ताधारी पार्टीको उद्देश्य तथा एजेन्डामा आफूलाई जोड्न पाउँदा उनीहरू मख्ख छन् । उनीहरू परिवर्तन होऊन् भन्ने अपेक्षा गर्नु पनि अपरिपक्वता हुनेछ । तर, यो समय उनीहरूले अति गरेका छन् । अहिलेको स्थिति खतराको हिसाबले उच्च छ भने परिस्थिति नियन्त्रणभन्दा बाहिर जान सक्ने सम्भावना छ । समान्य अवस्थामा पाकिस्तानको विरोध वा आलोचना गर्नु फरक कुरा हो । तर, अहिले सामान्य अवस्था होइन । जनताको नेतृत्व गर्ने सरकारले पाकिस्तानप्रति उग्र घृणा देखाउँदा र दबाबमा आएर पाकिस्तानविरुद्ध कडा कदम चाल्ने स्थितिले निकै खतरनाक स्थितितर्फ धकेल्नेछ । 

मिडियाले फुकेका कुरा सार्वजनिक मतमा बदलिन सक्छ । जसलाई सरकारले नागरिकबाट प्राप्त समर्थनको रूपमा लिन सक्छ । यस्तो अवस्थाबाट राजनीतिक दलले चुनावी फाइदा लिन सक्ने बुझाइ केहीको छ भने यस्तो अवस्था नियन्त्रणभन्दा बाहिर जान पनि सक्छ । अझै पनि मिडियाको प्रभावकारी भागले जिम्मेवारी बोध गरेको छैन । अन्य मुलुकप्रति उनीहरूले फैलाइरहेको घृणा घिनलाग्दो तथा लज्जास्पद छ । देशको धर्मनिरपेक्षताको संरचनालाई समेत यसले देशमा गम्भीर दीर्घकालीन असर पुर्‍याउन सक्छ । यो समयको इतिहास लेखिँदै गर्दा घृणाको वातावरण सिर्जना गर्न मिडियाले खेलेको उग्र तथा गैह्रजिम्मेवार भूमिकाले पनि इतिहासको पानामा विशेष ठाउँ पाउनेछ । 

सिद्धार्थ भाटिया भारतीय समाचार संस्था द वायरका संस्थापक सम्पादक हुन् । द वायरबाट