१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस नयाँ दिल्ली
२०७८ मङ्सिर १ बुधबार १३:०७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दिल्लीमा प्रदूषण नाजुक अवस्थामा, न्यूनतम तापक्रमसमेत घट्यो

Read Time : < 1 मिनेट
रासस नयाँ दिल्ली
२०७८ मङ्सिर १ बुधबार १३:०७:००

भारतको दिल्लीमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियनमा झरेको छ। तापक्रम घट्दै गएपछि मंगलबार अत्यन्त जाडो महसुस गरिएको दिल्लीका बासिन्दाले बताएका छन्। भारतको मौसम विज्ञान विभागले मंगलबारको अधिकतम तापक्रम भने २७ डिग्री सेल्सियससम्म पुगेको जनाएको छ।

भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा एकातिर चिसो बढिरहेको छ भने अर्कातिर प्रदूषणको असर पनि बढिरहेको छ। वायुको गुणस्तर मंगलबार तीन सय ९६ रहेकोमा बुधबार घटेर तीन सय ७९ मा पुगेको अधिकारीले जानकारी दिएका छन्।

तिहारको वेला अत्यधिक धेरै पटका पड्काइएकाले वायु प्रदूषण बढेर खतरापूर्ण अवस्थामा पुगेको हो। प्रदूषण धेरै हानिकारक अवस्थामा पुगेकाले केही समय लकडाउन गर्न सरोकारवालाले सुझाव दिएका छन्। त्यसैगरी चिकित्सकहरूले पनि केही दिन घरबाहिर ननिस्कन र विशेष गरेर बालबालिकालाई प्रदूषणबाट जोगाउन ध्यानाकर्षण गराएका छन्।