१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १ बुधबार १०:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तेस्रो चरणमा बार आन्दोलन : शुक्रबारसम्म प्रधानन्यायाधीशको प्रवेश निषेधको कार्यक्रम निरन्तर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १ बुधबार १०:२२:००

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सुरु गरेको आन्दोलन तेस्रो चरणमा प्रवेश गरेको छ। बारले आजबाट तेस्रो चरणको आन्दोलनमा मंसिर ३ सम्म  प्रधानन्यायाधीशको प्रवेश निषेध र धर्नाको कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । 

तेस्रो चरणको आन्दोलनअन्तर्गत आज पनि धर्नाका लागि कानुन व्यवसायीहरू प्रधानन्यायाधीको प्रवेश रोक्न सर्वोच्च परिसरमा जम्मा भएका छन् । यसका साथै बारले देशभर रहेका आफ्ना ९० वटा इकाइबाट पनि धर्ना र कालोपट्टी बाँधेर विरोध कार्यक्रमलाई निरन्तरता दिएको छ।

बारले प्रधानन्यायाधीशसँग वार्तामा नबस्ने र राजीनामा नै बटमलाइन भएको बताउँदै आएको छ।