१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ कार्तिक ३० मंगलबार ०९:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश १ मा पाँचदलीय गठबन्धनको उच्चस्तरीय संयन्त्र निर्माण 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ कार्तिक ३० मंगलबार ०९:१९:००

प्रदेश १ मा सत्ताधारी पाँचदलीय गठबन्धनले सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गरेको छ । गठबन्धनले कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा अन्य चार दलका नेता सदस्य रहने गरी उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गरेको हो । 

सोमबार विराटनगरको बिग होटेलमा भएको भेलाबाट निर्माण गरिएको उच्चस्तरीय संयन्त्रको सदस्यमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बो, एकीकृत समाजवादीका नेता तथा मुख्यमन्त्री राजेन्द्र राई, जनता समाजवादीका नेता तथा मन्त्री जयराम यादव र संघीय लोकतान्त्रिक मञ्चका नेता तथा राज्यमन्त्री विष्णु तुम्बाहाम्फे छन् । संयोजक कोइरालाका अनुसार संयन्त्रले सरकार सञ्चालनलाई प्रभावकारी बनाउनका लागि राय–सुझाव दिनेछ । 

यसैगरी पाँचदलीय गठबन्धनको सरकारलाई साझा कार्यक्रम बनाएर लोकप्रिय बनाउन कार्यदल पनि निर्माण गरिएको छ । कांग्रेस सांसद शेखरचन्द्र थापाको संयोजकत्वमा  निर्माण भएको कार्यदलमा माओवादी केन्द्रका सांसद धीरेन शर्मा, एकीकृत समाजवादीका राजन राई, जसपाका रामचन्द्र तुम्बा र अशोक चेम्जोङ सदस्य छन् ।

प्रदेश १ मा रहेका सात दलमध्ये कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र संघीय लोकतान्त्रिक मञ्चको गठबन्धनले १७ कात्तिकदेखि सरकार सञ्चालन गरेको छ । साढे तीन वर्ष सरकार सञ्चालन गरेको नेकपा एमाले र एक सिट मात्र रहेको राप्रपा विपक्षमा छन् ।