मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ कार्तिक २९ सोमबार १७:१६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

छिमेकीको हत्या गरेकाे आरोपमा पाँचजना पक्राउ

Read Time : > 1 मिनेट
२०७८ कार्तिक २९ सोमबार १७:१६:००

छिमेकीको हत्या आरोपमा झापामा पाँचजना पक्राउ परेका छन्। गौरादह– ५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँको हत्यामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय दमकले पाँचजनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा गौरादह– ५ का ३१ वर्षीय महम्मद सद्दाम, उनकी २८ वर्षीया श्रीमती सुमेरन खातुन, ३८ वर्षीया दिदी कुर्सुमान खातुन, सोही ठाउँका२ ६ वर्षीय महम्मद सुलेमान र उनकी २२ वर्षीया श्रीमती रुक्सार खातुन रहेको प्रहरीले जनाएको छ। 

उनीहरूलाई सोमबार प्रहरीले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो। मियाँको हत्या गरी सेफ्टी ट्यांकीमा शव व्यवस्थापन गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए। गत कात्तिक ११ गते मियाँ हराएको भन्दै उनकी श्रीमती नुरजन खातुनले इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएकी थिइन्।

उनको खोजीको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कात्तिक २६ गते छिमेकी महम्मद सद्दामको घर खानतलासी लिएको थियो। ‘खानतलासीको क्रममा एउटा कोठामा गेरु रंगले चारैतिर भित्री गाह्रो पोतिएको, कोठाको झ्यालको पल्ला तथा ग्रिलमा रगतजस्तो रातो पदार्थ देखिएपछि प्रहरीलाई शंका लाग्यो,’ प्रहरी उपरीक्षकभट्टराईले भने, ‘उक्त कोठाको बाहिर शौचालय छ। शौचालयको सेफ्टी ट्यांकीमा गोबरले लिपपोत गरी गोबरको गुइँठा बनाएर ट्यांकीमाथि चाङ लगाएर राखेको अवस्थामा भेटियो। सेफ्टी ट्यांकीभित्र खोजी गर्दा धारिलो हतियार प्रयोग गरी हत्या गरी कम्बलमा पोको पारेर फालेको अवस्थामा भेटियो।’ 

मियाँको शव दुर्गन्धित अवस्थामा भेटिएको उनाले बताए। प्रारम्भिक अनुसन्धानमा पाँचजनाले हत्या स्वीकार गरेको र बाँकीको पनि संलग्नता हुन सक्ने प्रहरीको आशंका छ। जिल्ला अदालतबाट म्याद थप गरेर पक्राउ परेकामाथि अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए। घटनामा प्रयोग भएका धारिलो हतियार दाउ, छुरी, घनलगायत हतियार पनि फेला परेको प्रहरीले जनाएको छ।