मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ कार्तिक २९ सोमबार ११:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पाका पाँच पालिकाका ४० वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न 

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २९ सोमबार ११:३१:००

नेपाली कांग्रेस डोल्पाले जिल्लाका पाँच स्थानीय तहका ४० वडामा अधिवेशन सम्पन्न गरेको छ।जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ठुलिभेरी नगरपालिका, काइके, मुड्केचुला र जगदुल्ला गाउँपालिकाका ४० वटा वडामा अधिवेशन सम्पन्न भएको  हो। 

क्रियाशील सदस्यता विवादका कारण लामो समयदेखि रोकिएको वडा अधिवेशनमा सम्पुर्ण वडामा सर्वसम्मत नेतृत्व चयन भएको नेपाली कांग्रेस डोल्पाले जनाएको छ। उपल्लो डोल्पाका शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा भने अधिवेशन भएको छैन।

पार्टीको संगठन भएपनि समयको अभाव, भौगोलिक कठिनाइ र जनशक्ति परिचालनमा समस्या हुँदा उपल्लो डोल्पामा वडा अधिवेशन गर्न नसकिएको सभापति अंगतकुमार बुढाले बताए।
उनले जगदुल्ला गाउँपालिकाको १ र ३ नम्बर वडामा अधिवेशन भइसकेको र बाँकी वडामा गर्ने तयारी भइरहेको जानकारी दिए। 

वडा अधिवेशनमा अल्पसङ्ख्यक, अपाङ्गता भएका र दलित महिला प्रतिनिधिहरु  पाउनै मुस्किल भएको डोल्पा कांग्रेसले जनाएको छ।