मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७८ कार्तिक २९ सोमबार ०९:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तिलिचो घुम्न गएका २३ वर्षीय युवाको लेक लागेर मृत्यु

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २९ सोमबार ०९:११:००

मनाङको तिलिचो ताल घुम्न गएका युवाको लेक लागेर मृत्यु भएको छ ।  रामेछाप घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ बस्ने वर्ष २३ का प्रवीण थापाको बिहीबार लेक लागेर मृत्यु भएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार तिलिचो ताल भ्रमणका लागि थापाको टोली कात्तिक २१ गते काठमाडौंबाट हिँडेका थिए ।

लेक लागेर बिरामी भएपछि तिलिचो बेसक्याम्पबाट साथीहरूले उनलाई फर्काएका थिए ।  संसारकै अग्लो तिलिचो ताल (४,९१९ मि.) भ्रमणका लागि आएका थापालाई लेक लागेपछि माथिल्लो मनाङबाट एभरेस्ट एयरको हेलिकाेप्टरबाट उद्धार गरिएको थियो । तिलिचो ताल भ्रमणका लागि तिलिचो बेसक्याम्प पुगेका थापालाई  हाई अल्टिच्युड र चिसोका कारण लेक लागेर बिरामी भएपछि उनको टोली नै फर्किएको थियो । 

मनाङका डिएसपी सुवास खड्काका अनुसार हेलिकाेप्टरले उद्धार गरी शिक्षण अस्पताल महाराजगन्ज लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएकोे हो । तल्लो क्षेत्रबाट सीधै हिमाली क्षेत्रमा जाने भएकाले एकैपटक उचाइमा जाँदा लेक लाग्ने समस्या हुने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका कार्यालय प्रमुख लेखनाथ गौतमले बताए ।