मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७५ पौष ६ शुक्रबार ०७:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

इन्धनमा दोहोरो सुविधा लिइरहेका मन्त्रीलाई ‘थाहै भएन’

Read Time : < 1 मिनेट
२०७५ पौष ६ शुक्रबार ०७:११:००

ईश्वर पोखरेल
मेरोतर्फबाट सचिवालयका कसैले भूलचुक गरेको रहेछ भने म बोल्छु । गैरकानुनी तरिकाले सुविधा लिएको भए अनुचित हो, त्यसो हुन दिइन्न । 


 मातृका यादव
मेरो तलबभत्ता आफै बुझ्दिनँ । मेरो खातामा पनि पैसा आउँदैन । सबै स्वकीय सचिवले बुझ्नुहुन्छ । दोहोरो सुविधा लिएको भए सच्याउँछु ।

 रघुवीर महासेठ
मसँग दुईवटा गाडी छन्, गृह र आफ्नै मन्त्रालयले दिएको । दुवै गाडीमा म आफै इन्धन हाल्छु । मेरो सचिवालयले के जानकारी दियो, मलाई थाहा छैन । (तर, उनको सचिवालयले भने इन्धन सुविधा लिने गरेको जानकारी दियो)

 गोकर्ण विष्ट
मन्त्रीका प्रेस संयोजक मदन खनालले भने, ‘समाचार प्रकाशित भएलगत्तै सचिवालय र प्रशासन महाशाखाका कर्मचारीलाई बोलाएर जानकारी लिनुभएको छ, कार्यविधि र निर्देशिकामा के छ भनेर पत्ता लगाउनू भन्नुभएको छ ।’

 शक्ति बस्नेत
मन्त्रीका स्वकीय अधिकृत तथा भतिज मुक्ति बस्नेतले भने, ‘पहिला व्यवस्था के थियो, अभ्यास के थियो भन्ने हेर्नुप¥यो, अभ्यासलाई मान्दै आएको हो, गलत भए सच्याउँछौँ । गाडी र इन्धनको विषयमा मेरो धारणाले हुँदैन, मन्त्रीज्यूलाई भन्छु ।’

 गोकुल बाँस्कोटा
यो विषयमा प्रधानमन्त्रीज्यूले पनि प्रश्न उठाउनुभएको छ । प्राविधिक त्रुटि भए सच्याएर जानुपर्छ भन्ने छ । तर, मेरो विषयमा गृहले दिएको गाडीमा इन्धन आफै हाल्छु, काठमाडौंबाहिर जाँदा जिपमा मन्त्रालयले इन्धन हाल्छ ।

 

यो पनि पढ्नुहोस्:

इन्धन शीर्षकमा मन्त्रीहरूको दोहोरो लालसा : मन्त्रालयको तेल हालेर नगद खल्तीमा