१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २८ आइतबार १९:०१:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

तरकारी फलफूल साकोसको खुद नाफा झन्डै तीन करोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २८ आइतबार १९:०१:००

तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औँ साधारणसभा आइतबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उज्वल कार्कीको अध्यक्षतामा बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेप्स्कुन)का अध्यक्ष परितोष पौडेलको आतिथ्यतामा कालिमाटीमा साधारणसभा सम्पन्न भएको हो । 

साधारणसभाले अध्यक्ष कार्की, सचिव दुर्गालाल श्रेष्ठ, लेखा समिति संयोजक रामकृष्ण नेपालले प्रस्तुत गरेका प्रतिवेदन पारित गरेको छ । तरकारी फलफूल साकोसका व्यवस्थापक विमला पुडासैनीका अनुसार एक हजार सात सय ३६ सेयर सदस्य रहेको तरकारी फलफूल साकोसले गत आर्थिक वर्षमा ४३ करोड ३९ लाख ९२ हजार ६ सय २७ रुपैयाँ बचत निक्षेप संकलन गरेको छ । ६ करोड २८ लाख ३३ हजार चार सय रुपैयाँ सेयर पुँजी रहेको सहकारीले ६० करोड ४० लाख ६४ हजार ६ सय ६६ रुपैयाँ कुल सम्पत्ति आर्जन गरेको छ ।

संस्थाको गत आर्थिक वर्षमा तीन करोड ४१ लाख ४३ हजार तीन सय २१ संचालन आम्दानी र यस वर्ष चार करोड सात लाख ४२ हजार ६ सय ९६ रुपैयाँ कुल आम्दानी रहेको छ । संस्थाले दुई करोड ८५ लाख आठ हजार ३४ रुपैयाँ खुद नाफा गरेको छ । 

सहकारीको जगेडा कोषमा पाँच करोड ८९ लाख ३३ हजार ६ सय ६६ रुपैयाँ जम्मा भएको छ । आगामी चार वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले साधारणसभाले निर्वाचनप्रक्रिया अगाडि बढाएको छ । नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयनका लागि सोमबार बिहान उम्मेदवारी दर्ताको कार्यक्रम रहेको निर्वाचन समिति सदस्य अधिवक्ता विष्णु रुपाखेतीले जानकारी दिए । 

तरकारी फलफूल साकोस कालिमाटी तरकारी तथा फलफूल बजार तथा बल्खु तरकारी बजारका व्यवसायीहरू सेयर सदस्य रहेको संस्था हो । साधारणसभामा संस्थाले यस वर्षको उत्कृष्ट कर्मचारीका रूपमा व्यवस्थापक विमला पुडासैनीलाई सम्मान तथा पुरस्कृत गर्याे । 

यस्तै, गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अंक ल्याएका सेयर सदस्यहरूका छोराछोरीलाई पनि सम्मान गरेको सञ्चलक समिति सदस्य राजकुमार पोखरेलले जानकारी दिए ।