मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २८ आइतबार १८:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अदालतको समस्या अदालतले नै टुंगो लगाउनुपर्छ : कांग्रेस नेता साउद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २८ आइतबार १८:३३:००

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता एनपी साउदले अदालतको समस्या अदालतले नै टुंगो लगाउनुपर्ने बताएका छन्। आइतबार बसेको केन्द्रीय कार्य समिति बैठकबारे जानकारी दिँदै साउदले यस्तो बताएका हुन्।

तर, कार्यसमिति बैठकमा यसबारे कुनै छलफल नभएको उनले जानकारी दिए। कांग्रेसको संस्थापक मान्यता अदालत स्वायत्त र स्वतन्त्र भएकाले मर्यादा कायम हुने किसिमले उचित निर्णय हुनुपर्ने रहेको उनले बताए। 

पछिल्लो समय अदालतमा अघि बढेका घटनाले जनतामा आस्था, विश्वास, मर्यादामा आघात पुगेको उनको भनाइ थियाे। त्यसप्रति कांग्रेस चिन्तित भएको भन्दै साउदले अदालतले नै समस्या समाधान गर्नुपर्नेमा जोड दिए।