मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ कार्तिक २८ आइतबार १७:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सयजना कलाकारको टिमले कुमारी, भैरव र महालक्ष्मीको नाच देखाउने

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २८ आइतबार १७:१९:००

पाटनको चर्चित कार्तिक नाचका क्रममा आज भैरव, कुमारी र महालक्ष्मीको नाच प्रदर्शन गरिँदै छ। नाच प्रदर्शनको लागि सयजनाको कलाकार टोली तयार पारिएको छ। बेलुकी सात बजेदेखि पाटन मंगलबजारस्थित कार्तिक डबलीमा प्रदर्शन गरिने नाचको लागि एक सयजना कलाकार तयार पारिएको हो। कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले देवी प्याखँअन्तर्गतको यस नाचमा धेरै कलाकार चाहिने बताए। उनका अनुसार आज प्रदर्शन हुने नाचमा खिँ, झ्याली, ताः बाजा बजाइने छ। बाजा र कथाको आधारमा कलाकारले पालैपालो नृत्य प्रदर्शन गर्नेछन्। 

कार्तिक नाचमा देखाइने यो पाँचौँ नृत्य हो। करिब ३ सय ७६ वर्ष पुरानो यस नाचमा भैरव, कुमारी, महालक्ष्मी, ख्याक(भूत) कंकाललगायत समेटिएको देउला नाच प्रर्दशन गरिन्छ। यो नाचका क्रममा युवाहरू विभिन्न पात्रहरू बनेर कथालाई नृत्यद्वारा प्रर्दशन गर्दछन्।