मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ कार्तिक २८ आइतबार १७:११:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

इन्धनको मूल्य वृद्धिको विरोधमा ग्याँस बोकेर र प्लेट ठटाएर प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २८ आइतबार १७:११:००

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले आज आइतबार पनि प्रदर्शन गरेका छन्। नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीलगायतका दलनिकट विभिन्न ६ विद्यार्थी संगठनहरूले प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसअगाडि ग्यास बोकेर र प्लेट ठटाएर प्रदर्शन गरेका हुन्।

प्रदर्शनपछि नयाँ पत्रिकासँग संक्षिप्त कुरा गर्दै अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पसका अध्यक्ष सन्दीप पुडासैनीले आयल निगमले विभिन्न बहानामा मूल्य वृद्धि गरेको भन्दै अप्राकृतिक मूल्य वृद्धि आफूहरूलाई मान्य नहुने बताए। 'अप्राकृतिक रूपमा मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको छ। यो कदापि मान्य हुँदैन,' उनले भने, 'विद्यार्थीहरूको आवाजलाई मत्थर गर्ने प्रयत्न गरियो भने आवश्यक कदम चाल्न वाध्य हुने सरकारलाई चेतावनीको रूपमा दिन चाहन्छौँ।'

तस्बिरहरू :