Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २८ आइतबार १४:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भाडाका टट्टुहरू माइतीघरमा कराइरहेका छन् : बार महासचिव पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २८ आइतबार १४:०१:००

नेपाल बार एसाेसिएसनका महासचिव लीलामणि पौडेलले बारको आन्दोलनविरुद्ध पैसा तिरेर भाडाका मानिसहरू खटाइएको बताएका छन्। सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीको धर्नापछिको कार्यक्रममा पौडेलले दैनिक हाजिरी नै गरेर गरेर भाडाका मानिस खटाइएको दाबी गरेका हुन्। ‘दैनिक दुई हजार रुपैयाँमा भाडाका टट्टुहरू माइतीघरमा कराइरहेका छन्। दैनिक हाजिर गरेर खटाइएको छ,’ महासचिव पौडेलले भने।

राजीनामा दिने समय घर्किसकेको भन्दै उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पदच्युत गराउने काम जारी रहेको बताए। पौडेलले देशभरका अदालतमा कालोपट्टी बाँधेर प्रदर्शन भइरहेको भन्दै जबरालाई अदालत प्रवेश गर्ने दुस्साहस नराख्न चेतावनी दिए।

‘राजीनामा दिने समय घर्किसक्यो। अब पदच्युत गराउने काम जारी छ। देशभरका अदालतमा कालोपट्टी बाँधेर १२ बजेसम्म प्रदर्शन भइरहेको छ। अदालतमा प्रवेश गर्ने दुस्साहस नराखे हुन्छ,’ पौडेलले भने।