१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ कार्तिक २८ आइतबार १२:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बलात्कार गरी फरार रहेका दुई आरोपी पक्राउ

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २८ आइतबार १२:२५:००

जिल्ला प्रहरी कार्यालय गुल्मीले बलात्कार गरेर फरार दुईजनालाई पक्राउ गरेको छ। १७ वर्षीया बालिकालाई बलात्कार गरेर फरार कपिलवस्तु वाणगंगा नगरपालिका– १ पिपराका २१ वर्षीय चन्द्रबहादुर थापा र ३१ वर्षीया महिलालाई बलात्कार गरेर फरार गुल्मीको मुसिकोट नगरपालिका– ८ का ४७ वर्षीय चन्द्र सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए।

आरोपित थापाले चन्द्रकोट गाउँपालिकाकी बालिकालाई ०७७ पुस २३ गते बलात्कार गरेर फरार भएका थिए । उनलाई कपिलवस्तु प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईसहितको टोलीले गत कात्तिक २५ गते घरबाटै पक्राउ गरी गुल्मी अदालत पेस गरेको पाण्डेयले बताए। बलात्कार गरेपछि पनि बालिकालाई मानसिक तनाव दिन थालेपछि परिवारले गत कात्तिक १६ गते जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिएका थिए।

यसैगरी, पक्राउ परेका अर्का आरोपित सार्कीले ०७८ भदौ १७ गते महिलालाई बलात्कार गरी फरार रहेका थिए। परिवारले भदौ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए। उनलाई खोजतलास गर्ने क्रममा घरनजिकैबाट पक्राउ गरेर अदालत पेस गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।