१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ कार्तिक २८ आइतबार ०८:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रौतहटमा कार दुर्घटना हुँदा चारजना भारतीय नागरिकको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २८ आइतबार ०८:३३:००

भारतीय नम्बर प्लेटको कार गएराति रौतहटमा दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ । मृत्यु हुने चारैजना भारतीय नागरिक हुन् । यमुनामाई गाउँपालिका– ५ जुनखुनुवामा शनिबार राति करिब १० बजेतिर कार दुर्घटना भएको हो । 

मृत्यु हुनेमा भारतको बिहार राज्यको बखरी बेतौना घर भएका अरुण साह र दीनानाथ साह भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । कारमा सवार अन्य दुईजनाको सनाखत हुन सकेको छैन ।

शनिबार राति घटनास्थलमा खटिएका एसपी विनोद घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार सडकभन्दा तलको खाल्डोको पानीमा डुबेको अवस्थामा फेला परेको थियो ।

कारको सीसा फुटाएर चारजना पुरुषलाई बाहिर निकालेर अस्पताल पुर्‍याइएको एसपी घिमिरेले बताए । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनीहरूलाई मृत्यु भएको घोषणा गरेका थिए । कारमा सवार चारैजना शनिबार चन्द्रनिगाहपुरमा रमाइलो गर्न भारताबाट आएको बुझिएको छ ।