१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नरजन तमाङ
२०७५ फाल्गुण १८ शनिबार १५:५८:००
Read Time : < 1 मिनेट
प्रदेश

 ६ कार्टुन चिनिया मदिरा नष्ट

Read Time : < 1 मिनेट
नरजन तमाङ
२०७५ फाल्गुण १८ शनिबार १५:५८:००

जिल्ला प्रहरी कार्यालय हुम्लाले ६ कार्टुन चिनिया मदिरा (झिनिगिन्टी) नष्ट गरेको छ । सिमकोट गाउँपालिका–७ निवासी अचेत शाहीले नाम्खा गाउँपालिकाकाे मुचुबाट ल्याएको चिनिया मदिरा शुक्रबार प्रहरीले नष्ट गरेको हो । 

२७ हजार रुपैयाँ बराबरको मदिरा जिल्ला स्थित सरोकारवाला निकायको रोहबरमा मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । धारापोरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मुचुबाट सिमकोट ल्याउँदै  गरेको अवस्थामा उक्त मदिरा फेला परेको थियो । 

चालु अर्थिक वर्षमा मात्रै चंखेली गाउँपालिकाको टाँके नाका, सिमकोट गाउँपालिकाको च्वाखोला नाकालगायतका स्थानबाट जिल्ला प्रहरी कार्यालय हुम्लाले तीन हजार चिनिया मदिरा बरामद गरी नष्ट गरेको छ ।