Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
भारतीय समकक्षी मनोजमुकुन्द नरभणेसँग मंगलबार दिल्लीमा भेटवार्ता गर्दै प्रधानसेनापति शर्मा
२०७८ कार्तिक २७ शनिबार ०७:२३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दिल्लीबाट फर्किए प्रधानसेनापति, नेपाली सेनालाई भारतको उच्च प्राथमिकता

Read Time : > 2 मिनेट
२०७८ कार्तिक २७ शनिबार ०७:२३:००

भारतको औपचारिक भ्रमणमा गएका प्रधानसेनापति प्रभुराम शर्मा शुक्रबार स्वदेश फर्किएका छन् । चारदिने भ्रमणका क्रममा उनले राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह मात्रै लगाएनन्, प्रभावशाली मन्त्री, भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार, समकक्षीसहित सेनाका उच्च अधिकारीसँग भेटवार्ता पनि गरेका छन् । 

डा. पूर्ण सिलवाल, सेनाका पूर्वउपरथी

भारतका छिमेकी मुलुकहरू ऊसँग कति नजिक–टाढा भए भन्ने कुरा र आफ्नो छिमेकमा चीनको निकटता बढेको सन्दर्भमा पनि यो भ्रमणले पाएको महत्वलाई हेर्नुपर्दछ । यो नेपालका लागि नियमित भ्रमण भए पनि भारतका लागि त्योभन्दा माथिल्लो रहेछ भन्ने देखियो । 

बदलिँदो अन्तर्राष्ट्रिय, क्षेत्रीय सुरक्षा वातावरण तथा नेपालको तरल आन्तरिक परिवेशमा दिल्ली पुगेका प्रधानसेनापति शर्माले भारतीय पक्षबाट पाएको महत्व अर्थपूर्ण रहेको सैन्य मामिलाविज्ञहरूको टिप्पणी छ । शर्माले दोस्रो वरीयताका रक्षामन्त्री राजनाथ सिंह, प्रधानमन्त्री मोदीका विश्वासप्राप्त विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा रक्षासचिव अजय कुमारसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री मोदीसँग तय भएको भेटवार्ता हुन नसके पनि शर्मालाई मोदीको सन्देश सुरक्षा सल्लाहकार डोभालमार्फत प्राप्त भएको जानकार सैनिक अधिकारीहरू बताउँछन् । 

‘प्रधानसेनापतिको यो भ्रमण परम्परागत मात्रै देखिएको छैन,’ सेनाका पूर्वउपरथी एवं भूराजनीतिक मामिलाविज्ञ विनोज बस्न्यातले भने, ‘भारत र चीनबीच हिमाली क्षेत्रमा उत्पन्न तनाव र त्यो क्षेत्रको सैनिकीकरणको परिवेशमा हाम्रो सैनिक नेतृत्वले पाएको महत्व अर्थपूर्ण छ । अघोषित दोस्रो शीतयुद्ध प्रकारको अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा पनि यो भ्रमणले महत्व पाएको छ ।’ 

बस्न्यातको बुझाइमा नेपाल–चीन सम्बन्ध भारतविरुद्ध प्रयोग हुन्छ कि भन्ने चिन्ताबीच नेपालसँग सैन्य सम्बन्धमार्फत राजनीतिक सम्बन्धलाई विश्वासमा परिणत गर्ने दिल्लीको चाहना भ्रमणमा प्रकट भएको छ । ‘अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा नेपाली सेनाको दायित्व अब मुलुकको आन्तरिक सुरक्षामा होइन, राष्ट्रिय सुरक्षामा केन्द्रित भएको छ,’ उनले भने, ‘सेनाको क्षमता अभिवृद्धिमा पनि यो भ्रमणले योगदान पुग्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।’ 

सेनाका अर्का पूर्वउपरथी डा. पूर्ण सिलवालले परिवर्तित भूराजनीतिक परिवेशका कारण प्रधानसेनापतिको भ्रमणले यसपटक नेपालमा भन्दा भारतमा बढी महत्व पाएको टिप्पणी गरे । ‘सरकार परिवर्तनपछि नेपालसँग निकटता बढेको र भूराजनीतिक सन्दर्भमा सेनालाई महत्व दिएको सन्देश प्रधानसेनापतिको भ्रमणमार्फत भारतले दिएको छ,’ उनले भने, ‘भारतका छिमेकी मुलुकहरू ऊसँग कति नजिक–टाढा भए भन्ने कुरा र आफ्नो छिमेकमा चीनको निकटता बढेको सन्दर्भमा पनि यो भ्रमणले पाएको महत्वलाई हेर्नुपर्दछ । यो नेपालका लागि नियमित भ्रमण भए पनि भारतका लागि त्योभन्दा माथिल्लो रहेछ भन्ने देखियो । भारतका सञ्चारमाध्यममा पनि भ्रमणले बढी नै महत्व पाएको देखियो ।’

सुरक्षा मामिला जानकार डा. इन्द्र अधिकारीले प्रधानसेनापति शर्माको भ्रमणलाई भारतले विशेष बनाउने गरी सन्देश दिएको र उनले उल्लेख्य महत्व पाएको टिप्पणी गरिन् । ‘नेपाल सरकारले भारतसँग सम्बन्ध सुधारका लागि देखिने गरी पहलकदमी लिएको थियो । भारत सरकारका तर्फबाट पनि नेपालसँगको सम्बन्धलाई रोटीबेटीभन्दा माथि अन्तर्राष्ट्रिय भूराजनीतिक परिवेशलाई सम्बोधन गर्ने गरी सञ्चालन गर्न लागेको सन्देश यो भ्रमणमार्फत दिइएको देखियो,’ अधिकारीले नयाँ पत्रिकासँग भनिन् । 

नेपाली सेना राजनीतिमा संलग्न नभए पनि अन्तर्राष्ट्रिय सुरक्षाका सन्दर्भमा निर्णायक शक्ति रहेको सन्देश भारतबाट प्रवाह गर्न खोजिएको उनको भनाइ छ । ‘प्रधानसेनापतिले पाएको आतिथ्य, व्यवहार, प्राथमिकता र सत्कारको कूटनीतिक परिणाम आउन समय लाग्छ, कतिपय विषय सार्वजनिक जानकारीमा नआउन पनि सक्छ,’ उनले भनिन् ।

अघिल्ला प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा एक वर्षअघि ( २०–२२ कात्तिक ०७७) भारतीय सेनाध्यक्ष नरभणेले नेपालको औपचारिक भ्रमण गरेका थिए । त्यसवेला नरभणेलाई स्वागत र बिदाइमा रथीको हैसियतमा वर्तमान प्रधानसेनापति शर्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका थिए । 

नेपाल र भारतका सेना प्रमुखलाई एक–अर्काे मुलुकको मानार्थ महारथी मान्ने प्रचलन छ । भारतीय सेनाको मानार्थ महारथीबाट विभूषित हुने शर्मा नेपालका १६औँ प्रधानसेनापति हुन् भने नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित हुने भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणे २२औँ सेनाध्यक्ष हुन् ।