मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७८ कार्तिक २६ शुक्रबार १३:१८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

म्यानमारमा अमेरिकी पत्रकारलाई ११ वर्षको जेल सजाय

Read Time : < 1 मिनेट
एजेन्सी
२०७८ कार्तिक २६ शुक्रबार १३:१८:००

म्यानमारको फ्रन्टिअर म्यागाजिनका पत्रकार डेनी फेन्सटरलाई म्यानमारको एक अदालतले   ११ वर्षको जेल सजाय सुनाएको छ। सेनाको नियन्त्रणमा रहेको म्यानमारको अदालतले फेन्सटरलाई अध्यागमन कानुनको उल्लंघन गरेको, अवैधानिक साँठगाँठ गरेको तथा असन्तुष्टहरूलाई सेनाविरुद्ध भड्काएकोलगायतका आरोपमा दोषी ठहर गरेको हो।

उनलाई केही दिनअगाडि आतंकवाद र राज्यद्रोहको मुद्दा पनि लगाइएको थियो। फ्रन्टिअरले अदालतको निर्णयलाई ‘निर्ममताको हद’ भएको प्रतिक्रिया दिएको छ। 

अनलाइन साइट ‘फ्रन्टिअर म्यानमार’ का प्रबन्ध सम्पादक ३७ वर्षीय फेन्सटरलाई गत मे महिनामा यांगुन विमानस्थलबाट सैन्य सरकारले पक्राउ गरेको थियो। फेन्सटर गत फेब्रुअरीमा सेनाले शासन हत्याएपछि पक्राउ पर्ने दर्जनौँ स्थानीय पत्रकारहरूमध्ये एक हुन्। फ्रन्टिअरका अनुसार फेन्सटर पक्राउ पर्नुभन्दा अघि सैन्य सरकारको आलोचक मानिने स्वतन्त्र सञ्चारमाध्यम ‘म्यानमार नाओ’सँग आबद्ध थिए।