मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ कार्तिक २५ बिहीबार १३:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीमा दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार हुँदै, जमकट्टेल र लामाले मन्त्रीको शपथ लिँदै

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २५ बिहीबार १३:२४:००

बागमती प्रदेश सरकारमा दोस्राे चरणको मन्त्रिपरिषद् विस्तार गरिने भएको छ। मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। 

११ कात्तिकमा पाण्डे मुख्यमन्त्री बन्दा पहिलोे चरणमा तीनजना मन्त्री नियुक्त गर्दै चार सदस्यीय मन्त्रिपरिषद् निर्माण गरिएको थियो। पाण्डेले आज दुईजना मन्त्री थप्न लागेका  हुन्। उनले माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्री बनाउन लागेका हुन्। 

जमकट्टेल आर्थिक मामिला तथा योजनामन्त्री र लामा स्वास्थ्यमन्त्री बन्ने पक्का भइसकेको छ। उनीहरूको बिहीबार दिउँसो ५ बजे शपथग्रहणको तयारी गरिएको छ। लामाले  नयाँ पत्रिकासँग कुरा गर्दै आफूलाई मन्त्री नियुक्त गरिएकोबारे जानकारी भइसकेको र ५ बजे शपथका लागि बोलाइएको बताए। 

पहिलो चरणमा मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाएका थिए।

भँडेललाई भौतिक पूर्वाधार, मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। बागमतीमा सत्तागठबन्धनले ११ मन्त्री र चार राज्यमन्त्री नियुक्त गर्दै १६ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारीसँगै निरन्तर छलफल गरिरहेको छ। हाल रहेको आठवटा मन्त्रालय फुटाएर ११ बनाउने गठबन्धनको तयारी छ।