१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २५ बिहीबार ०८:२३:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २५ बिहीबार ०८:२३:००

मलद्वारमा लुकाएर सुन तस्करी गर्न खोज्ने भारतीय नागरिक पक्राउ परेका छन् । दुबईबाट आएका भारतीय नागरिक मोहम्मद जुबेदलाई प्रहरीले बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । 

विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश बाँस्तोलाका अनुसार जुबेदले मलद्वारमा पाँच सय ४५ ग्रामका सुनका दुईवटा टुक्रा लुकाएर ल्याएका थिए । अप्ठ्यारोसँग हिँडेको देखेपछि प्रहरीले नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो ।

त्यसक्रममा मलद्वारमा सुन लुकाएको पाइएको र शौचालयमा लगेर सुन निकालिएको एसएसपी बाँस्तोलाले बताए । एक महिनाअघि दुबई गएका उनलाई सुन तस्करीमा संलग्न समूहले भरियाका रूपमा प्रयोग गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।