मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७८ कार्तिक २४ बुधबार १२:१९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसफजाईले गरिन् विवाह 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७८ कार्तिक २४ बुधबार १२:१९:००

नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकार अभियन्ता मलाला युसुफजाईले विवाह गरेकी छिन्। २४ वर्षीया उनले सामाजिक सञ्जाल ट्विटरमार्फत मंगलबार बेलायतस्थित आफ्नो घरमा इस्लामिक संस्कारअनुसार हुने वैवाहिक समारोह ‘निकाह’ को तस्बिर सार्वजनिक गरेकी हुन्। 

उनले ट्विटरमा निकाहका केही तस्बिर राख्दै लेखेकी छिन्, ‘आजको दिन मेरो जीवनका लागि निकै महत्वपूर्ण दिन हो। असर र म जीवनसाथीको बन्धनमा बाँधिएका छौँ। हामीले बर्मिङघमस्थित घरमा हाम्रो परिवारसँग सानो निकाह समारोह गरेका छौँ। कृपया हामीलाई तपाईंहरूको शुभकामना पठाउनुहोस्। हामी आगामी दिनमा सँगै यात्रा गर्नका लागि उत्साहित छौँ।’

मलालाले आफ्ना श्रीमानबारे कुनै जानकारी नदिए पनि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनी ‘पाकिस्तानी क्रिकेट बोर्डस् हाई पर्फर्मेन्स सेन्टर’का व्यवस्थापक असर मलिक भएको पत्ता लगाएका छन्। 

महिला शिक्षाका बारेमा आवाज उठाएको भन्दै पाकिस्तानी तालिवानले सन् २०१२ मा मलालालाई गोली हानेको थियो। उपचारका लागि केही महिना अस्पतालमा रहेर बाहिर आएपछि उनले ‘आई एम मलाला’ नामक संस्मरण लेखेकी थिइन्। उनी दर्शन, राजनीति र अर्थशास्त्रमा अक्सफोर्ड युनिभर्सिटी ग्य्राजुएट हुन्। 

महिला शिक्षाको क्षेत्रमा योगदान गरेकी मलाला र भारतीय बालअधिकार अभियन्ता कैलाश सत्यार्थीलाई संयुक्त रूपमा सन् २०१४ को नोबेल पुरस्कार प्रदान गरिएको थियो।