मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ कार्तिक १८ बिहीबार १६:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालीगण्डकीमा बेपत्ता युवाको खोजीमा सशस्त्रको गोताखोर

Read Time : < 1 मिनेट
२०७८ कार्तिक १८ बिहीबार १६:०५:००

कालीगण्डकी नदीमा बेपत्ता गुल्मीको चन्द्रकोट गाउँपालिका– ८ का १९ वर्षीया युवा शंकर पौडेलको गोताखोरमार्फत खोजी कार्य सुरु गरिएको छ । पौडेल चार दिनदेखि कालीगण्डकीमा बेपत्ता छन् ।

उनी चन्द्रकोट गाउँपालिका– ७ का ७६ वर्षीया थानेश्वर न्यौपानेको मलामी गएका थिए । सोही क्रममा सत्यवती गाउँपालिका– १ रुद्रवेणीघाटमा नुहाउने क्रममा पौडेल कालीगण्डकीमा डुबेका थिए । तत्काल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरे पनि नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली झिकाइएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । 

उनले जिल्लास्थित सुरक्षा निकाय र विपद् व्यवस्थापनको तर्फबाट गरिने सबै उपाय प्रयोग गरिएको बताए ।  ‘चाडपर्वको वेला परिवारसँगै गाउँ नै शोकमा डुबेको छ । हामी पनि गम्भीर भएर खोजी कार्यमा जुटेका छौँ,’  उनले भने, ’शव भए पनि बुझाउन पाए ठूलै उपलब्धि हुन्थ्यो ।’ बिहीबार बिहानैबाट प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, सशस्त्र प्रहरी बल गुल्मीमा प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालसहितको टोली घटनास्थल रुद्रवेणी पुगेको छ । 

दिनभर खोजीकार्य भए पनि शव फेला पार्न नसकिएको सशस्त्र प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिए । प्रादेशिक विपद् व्यवस्थापन लुम्बिनी प्रदेश बाँकेबाट सशस्त्र प्रहरी निरीक्षक भुपालविक्रम शाहको नेतृत्वमा सातजनाको टोली गुल्मी आएको छ ।