Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
एजेन्सी
२०७८ कार्तिक १८ बिहीबार १२:५८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

टेनिस स्टार पेंगले लगाइन् पूर्वचिनियाँ उपप्रधानमन्त्रीमाथि यौन उत्पीडनको आरोप

Read Time : < 1 मिनेट
एजेन्सी
२०७८ कार्तिक १८ बिहीबार १२:५८:००

चिनियाँ टेनिस स्टार पेंग सुआईले सार्वजनिक जीवनबाट अवकाश लिएका एक कम्युनिस्ट नेतामाथि यौन उत्पीडनको आरोप लगाएकी छिन्। चिनियाँ सोसल मिडिया बिबोमा एक पोस्ट गर्दै पेंगले पूर्वउपप्रधानमन्त्री झाँग गाओलीले यौन सम्बन्धका लागि दबाब दिएको बताएकी छिन्। यो आरोपपछि चीनमा पेंगबारेको इन्टरनेट सर्चमा समेत सीमित गराइएको छ। झाँगले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।

बिबोमा गरिएको पोस्टलाई अहिले नदेखिने बनाइएको छ। सन् २०१३ देखि २०१८ सम्म चीनको उपप्रधानमन्त्री रहेका झाँग राष्ट्रपति सी जिनपिङ नजिक मानिन्छन्।  पहिलोपटक झाँगले टेनिस खेल्न बोलाएको समय यस्तो गरेको उनले लेखेकी छिन्। ‘त्यो दिन मैले सहमति दिइनँ। म लगातार रोइरहेँ। फेरि उनले मलाई यौन सम्बन्धको लागि मजबुर गराए।’ उनले यसको आफूसँग कुनै सबुत नभएको बताएकी छिन्। ‘मसँग कुनै प्रमाण छैन तर वास्तविक अनुभव छ,’ उनले भनेकी छिन्।