१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १८ बिहीबार ०७:२८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दरबारमार्गमा हार्ड रक क्याफे सञ्चालन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १८ बिहीबार ०७:२८:००

दरबारमार्गको शेर्पा मलमा बुधबारदेखि हार्ड रक क्याफे सञ्चालनमा आएको छ । अमेरिकाको प्रसिद्ध मेनु र हस्तशिल्पबाट बनाइने कक्टेल उपलब्ध गराउने योजनासहित क्याफे सञ्चालनमा आएको छ । क्याफे सञ्चालनको अवसर पारेर विश्व संगीत उद्योगका कलाकारहरू लेडी गागा, रिहाना, मेटालिका, द रोलिङ स्टोन्स र माइकल ज्याक्सनको कपडा तथा सांगीतिक उपकरणहरू प्रदर्शनमा राखिएको छ । शेर्पा मलको पहिलो र माथिल्लो तलामा सञ्चालनमा आएको क्याफेमा करिब दुई सय ६० जनाले एकैपटक सेवा पाउन सक्ने जनाइएको छ । क्याफेको छतबाट दरबारमार्गको दृश्यावलोकन गर्न सकिन्छ । 

क्याफेको मेनुमा मुख्य आकर्षण बर्गर रहेको र यसकै लागि हार्ड रक प्रसिद्ध मानिने दाबी छ । बर्गरमा चेद्दार चिजसँग मिसाइएको राँगाको मासुसहित, क्रिस्पी प्याज रिङ, लेटस पत्ता र भाइन–रिपेन्ड गोलभेडा भएको बर्गर पनि रहेको र यसलाई हार्ड रकको मौलिक पहिचान बनेको स्टिक ससका साथ उपलब्ध गराइने क्याफेले जनाएको छ । क्याफेको मेनुमा ग्रिल्ड, ताजा, इच्छाइएको चिकन, पोलेको मकैको साथमा क्यालिफोर्निया स्टाइलको कब–चिकन, कालो सिमी र आयातीत चेद्दार चिजको साथमा सलाद रहने जनाइएको छ । त्यस्तै, स्यान्डविचहरू बार्बिक्यु गरिएको चिकन वा ग्रिल्ड हनी मस्टर्ड चिकन सबै सिजनिङ गरेर वा चिज फ्राई गरेर पस्किने क्याफेले जानकारी दिएको छ । 

मेनुमा संलग्न परिकारहरूमध्ये एक आकर्षण बेबी ब्याकपोर्क रिब्स रहेको क्याफेले जनाएको छ । यो खास गरेर हार्ड रक क्याफे काठमाडौंका लागि डेनमार्कबाट आयात गरिएको दाबी गरिएको छ । यसमा ७५० ग्राम रिब्सलाई मौलिक स्पाइस ब्लेन्डसँग सिजनिङ गरिन्छ, त्यसपछि घरेलु बार्बिक्यु ससको साथमा मिसाएर सटिकताका लागि ग्रिल्ड गरिन्छ र सिजन्ड फ्राइज, कोलस्ल र ¥यान्च स्टाइलका सिमीहरूसँग पस्किइन्छ ।

क्याफेमा सन् १९४० को हर्रिकेन–ह्वाइट रमको न्युुओर्लन्स क्लासिक मिश्रण, सुन्तला, आँप, भुइँकटरको जुस र चक्काको ब्लेन्डलाई फ्लोट डार्क रम र अमारेट्टोका साथ तयार पारिएको हुन्छ । साथै, बुजी मिल्कसेक र मौलिक कक्टेलसहितका उत्कृष्ट बियर र वाइनहरूको संग्रह पनि क्याफेमा रहेको छ ।