मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १७ बुधबार १७:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चीनले नेपाललाई दियो थप १६ लाख डोज खोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १७ बुधबार १७:४८:००

चीनले थप १६ लाख डोज कोभिड– १९ विरुद्धको खोप नेपाललाई अनुदानमा दिएको छ। बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच चीनले नेपाललाई खोप हस्तान्तरण गरेको हो। चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गरिन्। बुधबार हस्तान्तरण गरिएको खोपसहित अहिलेसम्म चीनबाट नेपाललाई ३४ लाख डोज खोप प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले नेपाल–चीन सम्बन्धमा नयाँ इँटा थपिएको बताए। कोरोना महामारी नियन्त्रणका लागि चीन सरकारले निरन्तर सहयोगका लागी राजदूत होउ यान्छीलाई धन्यवाद दिएका थिए। सरकारले यस वर्षभित्र सम्पूर्ण लक्षित जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाइसक्ने लक्ष्यमा खोप सहज उपलब्ध गराएर गरेको सहयोगका लागि समेत चीन सरकारलाई धन्यवाद दिए। 

स्वास्थ्य मन्त्रालयका अनुसार चिनियाँ जनमुक्ति सेनाबाट नेपाललाई थप ३ लाख डोज खोप नेपाल आउने प्रक्रियामा रहेको छ। यस्तै, कोभ्याक्स कस्ट सेयरिङअन्तर्गत थप ५९ लाख डोज एसियाली विकास बैंकको लगानीमा खरिद गरिएकोमा सोमध्ये १० लाख २० हजार डोज नेपाल आइसकेको र बाँकी आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ। खरिद प्रक्रियामार्फत नेपालले अहिलेसम्म चीनबाट १ करोड डोज खोप ल्याइसकेको छ।