१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १६ मंगलबार १७:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तिहारलगत्तै न्यायाधीशहरूले निर्णायक आन्दोलन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १६ मंगलबार १७:५७:००

सर्वोच्च अदालतका न्यायाधीशहरूले तिहारलगत्तै निर्णायक आन्दोलन गर्ने भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका न्यायाधीशहरूले मंगलबारको छलफलपछि तिहारपछि आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाउने निर्णय गरेका हुन्।

एक न्यायाधीशका अनुसार तिहारपछि पनि प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनलाई सशक्त बनाउने निर्णय भएको छ। न्यायाधीशहरूले तिहार बिदाअघिको अन्तिम दिन बुधबार बन्दी प्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको उनले जानकारी दिए। ती न्यायाधीशका अनुसार आन्दोलनको स्वरूपबारे भने थप छलफलपछि टुंगो लगाइनेछ।