१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १६ मंगलबार १२:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जबरा नगई न्यायालयमा सुधारको सम्भावना छैन : वरिष्ठ अधिवक्ता श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १६ मंगलबार १२:५२:००

वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसाेसिएसनका पूर्वमहासचिव रमण श्रेष्ठ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यकालमा भ्रष्टाचार बढेको बताएका छन्। जबरामा महत्वकांक्षा बढ्दा मन्त्रिमण्डलमा भाग खोज्न गएका भन्दै श्रेष्ठले उनलाई अब एकछिन पनि पदमा राख्न उचित नहुने बताए।

नेपाल बारको आयोजनामा भएको धर्नापछिको कार्यक्रममा बोल्दै उनले भने, ‘प्रधानन्यायाधीशको कार्यकालमा भ्रष्टाचार मात्रै बढ्यो। बेन्च सपिङ भयो। त्यो कुरा न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदनले नै भनेको छ,’ उनले भने, ‘उनमा महत्वाकांक्षा बढ्दा मन्त्रीमा भाग खोज्नेसम्म पुगे। अब एकछिन पनि पदमा राख्नु उचित छैन।’

जबराले पदबाट राजीनामा नदिई न्यायालय सुधारको सम्भावना नरहेको उनले बताए। ‘राजनीतिक दलको कुनै भूमिका छैन ? यसमा बारले थप छलफल गर्छ। प्रधानन्यायाधीशको राजीनामा सबै समस्याको समाधान होइन । तर, उनी नगई  सुधारको सम्भावना छैन।’